नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार

 पछिल्लो समय बढिरहेको बलात्कारको घटना बालबालिकाहरु बढि पीडित भएको देखिन्छ । बिषेशगरी आफनै घर परिवारका सदस्यबाट नै यौन र्दुव्यवहारमा पर्ने गरेको दर्दनाक अवस्था छ ।

यसबीचमा बुटवलमा १३ वर्षीया बालिका आफनै हजुरबुवाबाट बलात्कृत भएकीछिन् । जिल्लाको मालिका गाउँपालिका घमिरका ७० वर्षे हजुरबुवाले नातिनी बलात्कार गरेका हुन् त्यो पनि पटक पटक ।

बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको कुरा बुवासमक्ष पुगेपछि उजुरी गरिएको थियो । घटनापछि फरार रहेका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।