सडकमा नाराबाजी गर्दै जिएमसीका विद्यार्थी

गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको आन्दोलमा उत्रिएका विद्यार्थीले आइतबार सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन र नाराबाजी गरेका हुन् ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको उनीहरुको गुनासो छ। विद्याथीले कलेजमा तालाबन्दी गरेका छन् ।