नेपाल मेडिसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापनबारे बिमर्श

नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेसनलसँगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तक्रियात्मक कार्यक्रम भएको छ ।

कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएता पनि सही ढंगले काम गर्न जाने सुरक्षित रहेको उनले बताए । उनले नवीन ढंगले अघि बढ्न जरुरी रहेको र यसमा सरकारी तथा सम्बन्धित निकायसँग विशेष छलफल र समन्वय जरुरी भएकोमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य विभागकी श्रीजना श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका डा.दीपेन्द्र रमण श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा विषेषत नयाँ प्रविधिको प्रयोगले संक्रमण रहित तरिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भयो ।