सरकारी अस्पतालका देशभरका डाक्टरहरुले आजबाट आकस्मिक बाहेकका सबै ओपिडी सेवा ठप्प गरेका छन् । उनीहरुले कर्मचारी समायोजन विधेयकको विरोधमा सेवा वहिष्कार गरेका हुन् ।
पोखराको गण्डकी क्षेत्रीय अस्पतालको ओपिडी पनि बन्द छ । काठमाण्डुका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । आन्दोलमका कारण बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामी निजी अस्पतालमा जान बाध्य बनेका छन् ।




