गण्डकी सेरोफेरो

पोखरा एकेडेमीलाई ह्यान्डबल च्याम्पियन

पोखरा एकेडेमीले प्रथम हङकङ ब्युटी १९ वर्षमुनिका खेलाडी सहभागी (यु–१९) महिला ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको ह्यान्डबल एकेडेमीको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा एकेडेमीले न्यु ग्यालेक्सी स्कुललाई ८–३ ले पराजित गर्दै उपाधि सहित नगद १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र जितेको हो । उपविजेता न्यु ग्यालेक्सीले ५ हजार पाएको छ । प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि हात… पुरा पढौ

फुटबल सिकाउँदै एन्फा

कास्की जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि फुटबल प्रशिक्षण सुरु भएको छ । जापानमा हुने अन्डर–१२ कोपा पुमा टोरेरोस कपमा सहभागिता जनाउनका लागि उक्त फुटबल टिम छान्न प्रशिक्षण सुरु गरिएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रशिक्षणमा नेपाल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ, वरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसी, संघका उपाध्यक्ष हरि खड्का, नरेश गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, प्रल्हाद हिराचन, आमादे लगायतले प्रशिक्षण दिएका छन् । प्रशिक्षणमा… पुरा पढौ

तेक्वान्दो प्रशिक्षकलाई प्रशिक्षक

पोखरामा तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजना तथा युके स्पोर्टस् काउन्सिलको सहयोगमा भएको ३ दिने तालिममा खेलको विकासका लागि खेलाडी नै आवश्यक पर्नेमा जोड दिइएको छ । नेपाल र बेलायतको साझेदारी परियोजना अन्र्तगत भएको प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडी रहे मात्र खेल रहने बताए । ५० जना सहभागी तालिममा नेपाल तेक्वान्दो संघका हरेस्व पोखरेल, युके स्र्पोट्स काउन्सिलका अन्तर्राष्ट्रिय सम्वन्ध सल्लाहकार… पुरा पढौ

सिद्धार्थ सहकारी १२ वर्षमा

शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको ११ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा संस्थाका अध्यक्ष रामनारायण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेशलाल श्रेष्ठले आर्थिक प्रतिवेदन तथा अनुमानित आय व्यय विवरण र लेखा समितिको प्रतिवेदन संयोजक सोमत लिगलले पेश गरे । बन्द शत्रले सबै प्रतिवेदन पास गरेको छ । साधारणसभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी, संस्थाका उपाध्यक्ष हीराकाजी श्रेष्ठ, संगम बचत तथा ऋण सहकारी… पुरा पढौ

शारदानगरमा शाखा विस्तार

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर १९ शारदानगरमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गरेको हो । शाखा संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा उद्घाटन गरे । उक्त शारदानगर शाखामार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सिआस्वा लगायतका सेवा दिनेछ । आव २०७४/७५ को वार्षिक साधारणसभाबाट पारित भएको नगद तथा… पुरा पढौ

गण्डकीको समृद्धि पर्यटन र ऊर्जाबाट : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा उनले यस्तो बताएका हुन् । नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताए । “मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा… पुरा पढौ

पोखराका मेयर जिसी शान्तिदूत

नेपाल युनेस्को सङ्घ संस्था तथा क्लबहरूको राष्ट्रिय महासङ्घले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई महासङ्घको शान्तिदूतमा मनोनयन गरेको छ । महासङ्घको वार्षिक साधारणसभाका अवसरमा उनलाई शान्ति र दिगो विकासका लागि थप भूमिका खेल्न आग्रहसहित शान्तिदूत घोषित गरिएको महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिए । सभाले विधान संशोधन, वार्षिक कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ । सभामा २५ जिल्लाका १२५ जना प्रतिनिधि सहभागी रहेको साझा चौतारी युनेस्कोका सचिव रमेश पाण्डेले बताए… पुरा पढौ

सडक महोत्सव पुस १३ देखि

सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुने सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेस्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) ले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २० औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन)… पुरा पढौ

इक्यान शैक्षिक मेला तयारी धमाधम

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी तीव्र बनाइएको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृह हलमा हुने मेला सफल पार्न तयारी थालिएको इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले बताए । यस पटकको इक्यान शैक्षिक मेला ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुँदै छ । क्षेत्रीले भने, ‘अन्य प्रायोजकसँग पनि सहकार्य हुने क्रम जारी छ ।’ टाइटल स्पोन्सरमा अस्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले… पुरा पढौ

हिमालको चौँरी एक्सपो पोखरामा

 चौँरी हिमाली क्षेत्रमा पाइन्छ । हिमालतिर नउक्लेकाहरुले चौँरी देख्ने कुृरै भएन । तर, अवसर न हो १ हिमाली क्षेत्रमा पाइने चौँरी यतिबेला पोखरा झरेको छ । माथि जाडो भएर हैन, पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५’को अवसरमा चौँरी नदेखेका पोखरेलीलाई हिमाली जनावरबारे जानकारी दिन चौरी पोखरा झारिएको हो । ‘हामीले राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुपमा आयोजना गरिएको एक्सपोमा नयाँपन दिन चौँरी पनि पोखरा झारेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं