एशियन मुवाथाई च्याम्पियनको लागि मकाउ प्रस्थान

मकाउमा हुने एशियन मुवाथाई च्याम्पियनसिपको लागि पोखराबाट खेलाडीसहित अफिसियलको विदाई गरिएको छ । उनीहरुलाई सोमबार पोखरा रंगशालाबाट नेपाल मुवाथाई जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष अब्राहम खान, क्योकुशिन बुदोकाई कराँतेका उपाध्यक्ष बेल थापा लगायतले खादा लगाई बिदाई गरेका थिए ।

नेपालबाट च्याम्पियनसिपको लागि तीन खेलाडीले प्रतिस्पर्धा गर्ने प्रशिक्षक दिपकबहादुर गोदारले बताए । ६५ केजी तौल समुहमा हरि केसी, ६० केजी तौलमा कुलबहादुर खत्री र ५० केजी तौल समूहमा तुलसी थापाले प्रतिस्पर्धा गर्ने छिन् ।

मुवाथाईमा सहभागि हुदैं आएको नेपाली टोली पदक जितेर फर्किएको थियो । दक्षिण कोरियामा आयोजित च्याम्पियनसिपमा कुमार थापाले रजत पदक जितेर फर्किएका थिए । टर्कीको इस्तानुबुलमा आयोजित मुवाथाई मिक्स मार्शल र्आटमा तुलसी थापाले कास्य पदक जितेर फर्किएकी थिईन् ।

एशियन च्याम्पियनसिपमा व्यवस्थापको जिम्मेवारी सुदिप पण्डित क्षत्रीले सम्हाल्ने छन् भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल मुवाथाईको केन्द्रीय कोषाध्यक्ष सम्पन्न श्रेष्ठ निर्णायकको भूमिकाको लागि मकाउ प्रस्थान गरेका हुन् । नेपाली टिम मंगलबार काठमाडौंबाट मकाउको लागि प्रस्थान गर्ने छ ।

source:खेलाडी न्युज