रिपोटर्सको डायरी
पूर्व मन्त्री नरबहादुर हिराचनको अन्त्येष्टी कार्यक्रममा शिङ्गो गाउँनै स्तब्ध भएको छ ।शनिवार पोखरामा निधन भएका हिराचनको आज सोमबार धार्मिक परम्परा अनुसार बाजागाजासहित मार्फा खोलामा अन्त्येष्टी गरिएको हो ।पूर्व मन्त्री हिराचनको पार्थिव शरिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं उहाका ज्येष्ठ सुपुत्र भूपेन्द्र हिराचनले पार्टीको झन्डा ओडाएर श्रद्धान्जली अर्पण गरेका थिए ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले पार्टीको झन्डा आधा भुकाएर श्रद्धान्जली अर्पण गरे । अन्त्येष्टीका क्रममा हिराचनको सम्मान स्वरुप एक मिनेट मौन धारण गरिएको थियो ।
यसअघि घरपझोङ गाउपालिकाका ३ का वडाअध्यक्ष मानबहादुर बिकले स्वर्गिय हिराचनको जीवनबीारे प्रकाश पारेका थिए ।अन्त्येष्टी समारोहमा जिल्लाका बिभिन्न राजनितिक दलका प्रतिनिधि ,सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि,सुरक्षा निकाय,व्यवसायी,पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।अन्त्येष्टी समारोहमा सबैका आँखा रसाएका थिए ।तन,मन र धन तिनै गुणले भरिपूर्ण भएका स्वर्गिय हिराचनको अभाव र रिक्तता अब कहिल्लै पुरा हुन सक्ने छैन ।जिल्लाका सयौ नरनारीहरुको लस्कर तथा उपस्थितीमा उनको अन्त्यष्टी गरिएको हो ।मुलुकमा संघीयता लागु भईसकेको पछिल्लो अवस्थामा समेत हिराचनले पार्टी प्रतिको बफादारी कहिल्लै बिर्सिएनन् ।उनले पार्टीको अंशलाई जोगाएर राख्न सफल भए ,अनि आफ्नो गाउलाई राप्रपाको गढको रुपमा स्थापित गरे ।पञ्चायतकाल देखिनै सुरुवाती राजनितिक पृष्ठभूमी बनाएका हिराचनले देशको अग्रगामी भूमिका निर्वाह गरेका थिए ।तत्कालिन राजा बिरेन्द्र सरकारबाट हिराचनलाई त्रिसठ्ठी पट्ट र गोरखा दक्षिण बाहु जस्ता पदकले सम्मानित भएका थिए ।पार्टीको सांगठनिक भूमिकामा जीवनको अन्तिम कालखण्ड सम्म महत्वपूर्ण योगदान दिएका थिए ।सधै राष्ट्रवादी ,तटस्थवादी र यतार्थवादी चरित्रका स्वर्गिय हिराचनले गाउको भूखिया पद,छेदुङ गुम्बाको पद,बिद्यालयको पद र सामाजिककार्यमा सदैव अग्रसर स्वर्गिय हिराचनको योगदानको स्मरण गरिएको थियो ।
पञचायतकालिन नेता हिराचन २०३२ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए ।त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए ।सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए ।क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।
पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भएका थिए ।यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै महत्व राख्थ्यो ।हिराचनको मन्त्री स्तरियकार्यकालमा उहाँले उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए ।संम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।
पूर्व मन्त्री हिराचनले थुप्रै संघ संस्थामा योगदान पू¥याएका व्यक्तित्व हुन् ।हिराचन मुस्ताङमा गठन भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्यसमितिको संस्थापक सदस्य हुन् ।उहाँकै रेडक्रस कार्यकालमा जोमसोममा ४ कोठे रेडक्रस भवन निर्माण भएको हो ।पूर्वमन्त्री हिराचन बाल संगठनमा आवद्ध हुदै बाल हकअधिकारका लागि योगदान पू¥याएका थिए । प्रर्व मन्त्री हिराचन जिल्लाको कृषि अगुवा भएर यहाको स्याउलाई विश्व बजार सम्म चिनाउने कार्य गरेक्ँ थिए।जिल्लामा डाबर खेती संञ्चालनमा ल्याउने व्यक्ति पनि उनै थिए ।
थाकपाच गाउ उद्दार समितिको संस्थापक सल्लाहाकार समेत रहेका हिराचनले लेतेको ज्ञानोदय मावि संञ्चालनार्थ उच्चपहल गरेका थिए ।सधै निष्ठा र ईमान्दारिताको राजनिती गर्दै आएका गर्दै स्वर्गिय हिराचन यहाको बुहुआयमिक व्यक्तित्व हुन्।स्वर्गिय हिराचन कुशल निर्माण व्यवसायी,उद्योगी,कषि र सामाजिक व्यक्तित्व पनि हुन् । उहाको ७८ वर्षको उमेरमा शनिवार पोखरामा निधन भएक्ँे ह्ँे ।स्वर्गिय हिराचनको जन्म १९m सय ९७ सालमा भएको हो ।उहाको धर्मपत्नीसहित ३ छोरा र २ छोरी ,३ बुहारी र नाती नातिना छन् ।