बिद्यालय,हवाई सेवा,यातायात,बिद्युत ,संञ्चार,खानेपानी सेवा प्रभावित हिमाली जिल्ला मुस्ताङमा गत सोमबारदेखि लगातार सिजनको ८ औं पटक भारी हिमपात भएको छ ।हिमपात भएसंगै मुस्ताङकोे जनजीवन यतिबेला कष्ठकर बनेको हो । जिल्लाको उपल्लो मुस्ताङ लगायत तल्लो क्षेत्रमा समेत भारी हिमपात भएको जनाईएको छ । थासाङको लेते,कोवाङ,टुकुचे ,घरपझोङको मार्फा,चिमाङ,स्याङ,ठिनी,जोमसोम ,वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथ,कागबेनी,छुसाङ,झोङ,छेङ््गुर,फल्याक,धाकार्जुङ,शाङ््ता लगायतका स्थानमा २ फिटबढी हिमपात परेको हो ।उपल्लो मुस्ताङमा पटक पटक लगातार परेको हिमपातले स्थानीयको जनजीवनमा प्रतिकुल असर पु¥याएको सीमाप्रहरी चौकी…
पुरा पढौ