गण्डकी सेरोफेरो

ग्यास उद्योगीको आन्दोलन स्थगित, निगमसँग ३ बुँदे सहमति

ग्यास बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका उद्योगीसँग नेपाल आयल निगमले ३ बुँदे सहमति गरेको छ।  उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने, पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र व्यवसायीले गरेका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।  सोमबार ग्यास व्यवसायीको साझा संस्था नेपाल एलपी ग्यास संघ र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलबीच यस्तो सहमति भएको हो।  पुरा पढौ

लायन्सको सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा ध्रुव श्रेष्ठको उम्मेदवारी

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुव श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनमा आफूले उक्त पदमा उम्मेदवारी दिने श्रेष्ठले जानकारी दिए । ‘म अहिले परामर्शमा छु’, उनले भने, ‘काठमाडौं, पोखरा र मोफसलका लायन साथीसँग परामर्श गरिरहेको छु । छिट्टै उम्मेदवारी सार्वजनिकसहित मनोनयन गर्नेछु ।’ डिष्ट्रिक्टको लायन वर्ष २०१८÷०१९ का चिफ एडभाइजर श्रेष्ठ लायन्स क्लब अफ… पुरा पढौ

फोटो पत्रकार महासंघ गण्डकी अध्यक्षमा राम गुरुङ

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका राम गुरुङ चयन भएका छन् । अध्यक्ष गुरुङ कास्कीमा रहेर लामो समयदेखि फोटो पत्रकारिता गर्दै आइरहेका छन् । पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले गुरुङको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा बाग्लुङका मञ्जुल शाक्य, सचिवमा कास्कीकै कृष्णमणि बराल, कोषाध्यक्षमा कास्कीकै ओम लामा, सहसचिवमा तनहूँका मिलन दराईँ छन् । यस्तै सदस्यमा म्याग्दीका अमर बानियाँ र मनाङका नवीन लामिछाने छन्… पुरा पढौ

स्व. रवीन्द्रका परिवारलाई वीमा रकम

लाइफ इन्स्योरेन्स करपोरेशन (नेपाल) लिमिटेडले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । उनको निवास पोखराको पस्र्याङ पुगेर एलआइसी नेपालको टिमले कम्पनीको नियम अनुसार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीको परिवारलाई वीमाको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दृर्घटनामा परी मृत्यु भएका कारण १२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको चेक उनकी धर्मपत्नी बिद्या… पुरा पढौ

पोखरामा प्याराग्लाइडर रूखमै अल्झिएपछि…

कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्। पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए। ‘रूख निकै अग्लो छ अर्को रूखबाट उनको उद्धार गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘अर्को रूखबाट डोरी लगाएर पाइलटलाई अर्को रूखसम्म ल्याए तर रूखमा नै अल्झिएका कारण तल झार्न कठिन भएको छ।’ उनी अन्य… पुरा पढौ

पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले लगानी गर्ने

पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रूपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिका–३३, घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न… पुरा पढौ

पाँच पुरस्कार घोषणा

निबन्धकार एवं पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र अन्वेषक डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ । ‘रत्नश्रेष्ठ’ पुरस्कार गुठी बागलुङले शर्माको आत्मपरक निबन्ध कृति ‘बाह्रखरीको बोटमुनी’ र मिश्रको अनुसन्धानमूलक कृति ‘नेपाली पुरस्कारको इतिहास’ का लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको गुठीले जनाएको छ । यस्तै गुठीले यो वर्षको जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार म्याग्दीका संस्कतिविद् प्राडा कर्णबहादुर बानियाँलाई… पुरा पढौ

रविन्द्रको सम्झना गर्दै मुस्ताङमा शोकसभा

गत बुधबार ताप्लेज्ुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्री क.रविन्द्र अधिकारीको सम्झनामा हिमालपारीको जिल्ला मुस्ताङमा पनि शोकसभा भएको छ ।नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मुस्ताङको आयोजनामा आईतबार जोमसोम स्थित पार्टी कार्यालयमा जिल्लाका अगुवा कार्यकर्ताहरुले स्वःअधिकारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरे । सो अवसरमा स्वःक. अधिकारीद्धारा रचना भएको जोमसोमे बजार,बाह् बजे हावा सरर बोलको गितको स्मरण गरिएको थियो ।नेकपा एमाले मुस्ताङका संस्थापक सदस्य एवं पूर्व सभासद चन्द्रबहादुर गुरुङ,नेकपाका संयोजक रमेश… पुरा पढौ

लुम्बिनी विकास बैंक अध्यक्षमा पोखराका पराजुली

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पोखराका सुशीलराज पराजुली चयन भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चुनेको हो । नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, कामु… पुरा पढौ

एक वडा एक पहिचान’

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी ५ वर्षभित्र ‘१ वडा १ पहिचान’ स्थापित गर्ने भएको छ । गाउँपालिकाका सबै वडामा छुट्टाछुट्टै पहिचान स्थापित गरेर नमूना गाउँपालिकाका रुपमा विकास गर्न ‘१ वडा १ पहिचान’ कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५÷७६ को नीति तथा कार्यक्रममा १ वडा १ पहिचान स्थापित गर्ने गरी गाउँपालिकाका ८ ओटै वडालाई भौगोलिक, सांस्कृतिक तथा उत्पादनका हिसाबले वर्गीकरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘प्रत्येक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं