लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पोखराका सुशीलराज पराजुली चयन भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चुनेको हो ।
नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल आइतबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
उक्त अवसरमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, कामु निर्देशक वीरेन्द्रदत्त अवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, तथा कम्पनी सचिव हरिकृष्ण सुवेदी सहभागी थिए ।





