गत बुधबार ताप्लेज्ुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड््यन मन्त्री क.रविन्द्र अधिकारीको सम्झनामा हिमालपारीको जिल्ला मुस्ताङमा पनि शोकसभा भएको छ ।नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मुस्ताङको आयोजनामा आईतबार जोमसोम स्थित पार्टी कार्यालयमा जिल्लाका अगुवा कार्यकर्ताहरुले स्वःअधिकारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरे ।
सो अवसरमा स्वःक. अधिकारीद्धारा रचना भएको जोमसोमे बजार,बाह् बजे हावा सरर बोलको गितको स्मरण गरिएको थियो ।नेकपा एमाले मुस्ताङका संस्थापक सदस्य एवं पूर्व सभासद चन्द्रबहादुर गुरुङ,नेकपाका संयोजक रमेश भट्टचन,जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख छिरिङ ल्हामो ,गाउपालिका अध्यक्ष आशबहादुर थकाली ,उपाध्यक्ष शर्मिला गुरुङ लगायत नेकपा समर्थित कार्यकर्ताहरुले स्वः अधिकारीको तस्विरमा खादा लगाई श्रद्धान्जली अपर्र्ण गरेका थिए ।पूर्व सभासद गुरुङले स्वः अधिकारीको सम्झनामा दिपप्रज्वलन गरेका थिए ।
श्रद्धान्जली सभामा बोल्दै पूर्व सभासद चन्द्रबहादुर गुरुङले स्वः अधिकारी यूवा नेताको उदाउदो आशाको दियो भएको उल्लेख गर्दै उनले बिद्यार्थी जीवनमा निकै सक्रिय रहदै आएका अधिकारी पृथ्वीनारायण क्याम्पस तथा स्वबियू सभापति समेत भएको बताए ।पूर्व सभासद गुरुङले बिकास समितिमा रहदाको कार्यकालमा बिकास मोडालिटीको खाका तयार पारेको उल्लेख गरे ।उनले स्वःअधिकारी बिकासप्रेमी भएको र उहाँको समृद्ध नेपाल पुस्तक उदाहरण भएको बताए ।स्वः अधिकारीले कोरला सडक बिस्तार तथा उत्तरी नाका खोल्न पहल गरेको उल्लेख गरे ।
नेकपा मुस्ताङका संयोजक रमेश भट्टचनले स्वर्गिय अधिकारीको निधनले देशका लागि होनाहार योद्धा गुमाएको बताए ।उनले स्वःअधिकारी देशका लागि एउटा भिजन भएको यूवा नेताको रुपमा ब्याख्या गरे ।जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले स्वः अधिकारीले बिद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताईन्् ।उनले बिद्यार्थी हकहितका लागि अधिकारीको योगदान अविष्मरणीय रहने उल्लेख गर्दै अधिकारीले थालेका बिकास योजनालाई पूरा गर्न कुन्जुस्याई गर्न नहुने बताईन्् ।
घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले स्वः अधिकारी राजनितक अभियान्ता मात्र नभई गित संगितको साधक भएको बताए ।उनले मुस्ताङको पर्यटन बिकासका लागि अधिकारीले शब्द मार्फत जोमसोमबारे गित रचना गरेको स्मरण गरे ।
श्रद्धान्जली सभामा नेपाल राष्ट्रिय शिक्षक संगठन मुस्ताङका अध्यक्ष रामप्रसाद शर्मा,निजामति कर्मचारी संगठन म््ुस्ताङका अध्यक्ष मतिलाल चपाई,अनेरास्वबियू मुस्ताङका अध्यक्ष पेमाछेतेन बिक,अनेमसंघ मुस्ताङकी अध्यक्ष एवं प्रेष चौतारी मुस्ताङकी अध्यक्ष सुनदेवी रसाईली लगायतले स्वर्गिय अधिकारीको योगदानका बारेमा चर्चा गरेका थिए ।यसअघि स्वर्गिय अधिकारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दे गण्डकी प्रदेशसभाका सदस्य चन्द्रमोहन गौचनले पठाएको पत्र बाचन गरिएको थियो ।
नेकपा मुस्ताङका संयोजक रमेश भट्टचनको अध्यक्षतामा भएको शोकसभामा नेकपा मुस्ताङका यूवा नेता बिशाल बिकले कार्यक्रम संञ्चालन गरेका थिए ।श्रद्धान्जली सभामा शनिवार निधन हुनु भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्र्व उपप्रधान तथा अर्थमन्त्री क. भरतमोहन अधिकारीप्रति पनि ।श्रद्धासुमन अपर्ण गरिएको थियो ।






