गण्डकी सेरोफेरो

पोखराको सेती नदीमा एक महिलाको शव भेटियो

पोखराको सेती नदीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित रातो पहिराघाट नजिक सेती नदीबाट शव भेटिएको हो । पुरा पढौ

अष्ट्रियन नागरिक फ्रेडिटको अत्याधुनिक कार

अष्ट्रियन नागरिक फ्रेडिट सोवादा आफ्नो ६ पाङग्रे अत्याधुनिक कार चलाउदै शनिवार मुस्ताङको जोमसोम टुरिस्ट चेकपोष्टमा भेटिए । विश्व कारयात्रा गर्ने क्रममा उनी मुस्ताङ आईपुगेको उनले भेटमा बताए । उनी केहि वर्षअघि देखि त्यही ६ पाङ्ग्रे अष्ट्रियन कार चलाउदै विश्व भ्रमण गर्ने रफ्तारमा रहेछन् ।अनौठो प्रकारको अत्याधुनिक बसको मोडल जस्तो कार ।त्यही चलाउदै मुस्ताङ आएका उनी नेपाल आएको दुईसाता भएको बताउछन् ।उनको विश्वयात्रा एक्लै गर्ने गरेको र आफ्नो संम्पूर्ण रेकर्ड जिपिएसको… पुरा पढौ

हेमराज स्मृति पुरस्कार अली मियाँलाई प्रदान

हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा शनिबार मियाँलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा शनिबार मियाँलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी… पुरा पढौ

हिउँपहिरोमा परे पर्यटक र गाइड

यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो । थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

युवाले चिर्पटले हान्दा ५ जना गम्भीर घाइते

लमजुङमा एक युवाले दाउराले हान्दा ५ जना गम्भिर घाइते भएका छन् । मस्याङ्दी गाउँपालिका ९ सेग्ले घर भएका २६ बर्षीय रामबहादुर विश्वकर्माले सोहि वडा पामचोक गाउँका ६ जनालाई शुक्रबार घाइते बनाएका हुन् । उनले घरमा एक्लो भएको मौका छोपी क्रमशः टाउकोमा प्रहार गर्दै हिँडेका थिए । विश्वकर्माको प्रहारबाट गाउँका पामचोकका ६९ बर्षीय बुद्धिबहादुर थापा, ६० बर्षीय रेखु भण्डारी, ५० बर्षीय गोपाल भण्डारी, उनका श्रीमती ५० बर्षीय लक्ष्मी भण्डारी, २५ बर्षीया… पुरा पढौ

गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे संघीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्षको सन्दर्भमा होमस्टे (घरबास) व्यवस्थापनसम्बन्धी कार्यक्रममा उनले गरीबीको अन्त्य गरी जनताको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको मुख्य दायित्व भएको बताए । उपलब्ध प्राकृतिक स्रोतको परिचालन गरी गरीबीको दर घटाउने योजना सरकारको रहेको र त्यसमा सफलता प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।… पुरा पढौ

चिसोले लुप्राका वालवालिका बिरामी ,गाउँपालिकाको पहलमा उपचार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा लुप्रा आधारभुत बिद्यालय लुप्रामा सामूहिक बिरामी परेका १२ जना वालवालिकाको शुक्रबार स्वास्थ्य परिक्षण गराई अवस्था सामान्य पारिएको छ । अत्यधिक चिसो र दुषित फोहोर पानीका कारण उक्त बिद्यालयको छेसेकेङ्चे होस्टेलमा बस्दै आएका वालवालिका अर्धचेत बिरामी परेका थिए ।हिउँदयामको लामो बिदापछि ३ साताअघि मात्र नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु गरेको लुप्रा आधारभुत विद्यालयका बिद्यार्थी बिहिबार मध्यराति सामूहिक रुपमा १२ जना वालवालिका अर्धचेत बिरामी परेका हुन्… पुरा पढौ

अपहरणमा परेकी सांसद विप्लव माओवादी नेताकै छोरी !

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपरहण गरेकी नेकपा सांसद देवकी मल्ल विप्लवकै नेकपाका नेताकी छोरी भएको खुलासा भएको छ । सांसद देवकी मल्लका बुवा धनराज मल्ल नेकपाकै केन्द्रीय सल्लाहकार हुन् । उनी पार्टी विभाजन नहुँदा पनि एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार थिए । सांसद मल्लका भाइ भरत मल्ल पनि विप्लवकै विद्यार्थी संगठनका नेता हुन् । पूर्व माओवादी पृष्ठभूमिका मल्ल पार्टी गठनदेखि नै विप्लव समूहमा छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले… पुरा पढौ

कांग्रेस सभापति देउवापछि वरिष्ठ नेता पौडेल पनि पोखरा आउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उच्च तहका नेताहरू जिल्ला दौडाहामा सक्रिय छन् । पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला दौडाहा, नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्र बनाएका छन् । यसैक्रममा उनी शुक्रबार कास्की आउँदैछन् भने शनिबार बिहान म्याग्दी जाँदैछन् । यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्ला दौडाहा शुरु गर्न लागेका छन् । उनको यात्रा गण्डकीबाट शुरु हुने बताइन्छ । नेता पौडेल शनिबारदेखि गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न जिल्ला दौडाहामा… पुरा पढौ

जोमसोम एयरपोर्टको रनवे स्लोप देखि प्रि–कालोपत्रे स्तरोन्नति

मुस्ताङको एकमात्र जोमसोम बिमानस्थलको स्तरोन्नति गरिने भएको छ । सुरक्षित बिमान अवतरण तथा बिमान स्थल व्यवस्थित तुल्याउन नेपाल नागरिक उड््डयन प्राधिकरणले करिव ९ करोड बजेट बिनियोजन गरेको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको अध्यक्षतामा बिहिबार सरोकारवालाबीच प्रशासनमा भएको बैठकले बिमानस्थल स्तरोन्नतिकार्यलाई असर नपर्ने गरी तोकिएको समयमा पूरा गर्न जोमसोम बिमान स्थललाई उडान समय तालिका मिलाउने निर्णय गरेको हो ।बैठकले चैत्र १ गते देखि नै लागु हुने गरी पोखरा÷ जोमसोम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं