नेपालदूत , पोखरा
फागुन २५ गते २०७५
पोखराको सेती नदीमा एक महिलाको शव भेटिएको छ । अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित रातो पहिराघाट नजिक सेती नदीबाट शव भेटिएको हो ।