लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुव श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनमा आफूले उक्त पदमा उम्मेदवारी दिने श्रेष्ठले जानकारी दिए ।
‘म अहिले परामर्शमा छु’, उनले भने, ‘काठमाडौं, पोखरा र मोफसलका लायन साथीसँग परामर्श गरिरहेको छु ।
छिट्टै उम्मेदवारी सार्वजनिकसहित मनोनयन गर्नेछु ।’ डिष्ट्रिक्टको लायन वर्ष २०१८÷०१९ का चिफ एडभाइजर श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।
यस अघि सेकेण्ड भाइस गभर्नरमा पोखराका विशेश्वर आचार्यले उम्मेदवारी मनोनयन दर्ता गरिसकेका छन् ।






