गण्डकी सेरोफेरो

मुस्ताङ कारगारका थुनुवा कैदी ÷बन्दीको स्वास्थ्य परिक्षण

६९औं प्रजातन्त्र दिवसको अवसरमा मुस्ताङको जोमसोम कारागारमा रहेका थुनुवा कैदी–बन्दीको सोमबार स्वास्थ्य परिक्षण गराईएको छ ।कर्मचारी मिलनकेन्द्र जोमसोमले आयोजना गरेको कार्यक्रममा कारागारका थुनुवा केदी–बन्दीको निशुल्क स्वास्थ्य परिक्षण भएएको हो । जोमसोम अस्पतालका स्वास्थ्यकर्मीको समन्वयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा कारागारका ११ जना कैदी–बन्दीले स्वास्थ्य लाभ लिएका हुन् ।सो अवसरमा जिल्ला समन्वय समिति मुस्ताङले कारागारका कैदी–बन्दी तथा जोमसोम अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स बितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए… पुरा पढौ

मुस्ताङमा पाचौं पटक हिमपात

मुस्ताङमा पूनःफेरी पाचौं पटक हिमपात भएको छ ।पूस र माघ महिनापछिको यो पहिलो हिमपात हो ।हिउँदयामको मौसममा बेशी झरेका मुस्ताङी धमाधम जिल्ला फर्कने समयमा हिमपात भएको छ । यसअघिको लगातारको हिमपातपछि शुक्रबार साँझ देखि पूनःहिमपात सुरु भएको जनाईएको छ ।हिमपात यसैगरी जारी रहे भोली बिहान सम्म दुई फिट बढी हिउ पर्ने जोमसोमका स्थानीय अजित थकालीले बताए ।शनिबार साँझ पनि उपल्लो मुस्ताङमा पूनः भारी हिमपात भएको लो–घेकर गाउपालिका चराङका वडाअध्यक्ष टाई… पुरा पढौ

हत्या अभियुक्त पक्रन सिसि क्यामेरा बन्यो सहयोगी

लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालिको घाँटी रेटेर हत्या आरोपिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षिय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मलेन गरेर हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त कुमार गर्बुजाको व्यवहार हेरेर र सिसि क्यामेरा फुटेजबाट पक्राउ गरेको हो ।लेकसाइड क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने स्काइ लिंक का संचालक राजेन्द्र तिवारी… पुरा पढौ

तनहुँमा अर्का वडाध्यक्ष पनि पुर्पक्षका लागि थुनामा

बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । यसअघि शुक्लागण्डकी नगरपालिका वडा नं. का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पनि बलात्कार आरोपमा पुर्पक्षका लागि जेलचलान भएका थिए । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल… पुरा पढौ

नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार

 पछिल्लो समय बढिरहेको बलात्कारको घटना बालबालिकाहरु बढि पीडित भएको देखिन्छ । बिषेशगरी आफनै घर परिवारका सदस्यबाट नै यौन र्दुव्यवहारमा पर्ने गरेको दर्दनाक अवस्था छ । यसबीचमा बुटवलमा १३ वर्षीया बालिका आफनै हजुरबुवाबाट बलात्कृत भएकीछिन् । जिल्लाको मालिका गाउँपालिका घमिरका ७० वर्षे हजुरबुवाले नातिनी बलात्कार गरेका हुन् त्यो पनि पटक पटक । बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको… पुरा पढौ

जोमसोम–कोरला’ ग्राभेल सडक चालु आर्थिक वर्षमा सम्पन्न हुने

उत्तर–दक्षिण जोड््ने व्यापारीकमार्ग बिस्तारित आयोजना अन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक बिस्तारकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाईएको छ ।प्रदेश नम्बर ४ कै आर्थिक समृद्धिको मुख्य ढोका बनेको बहुचर्चित कोरला राष्ट्रिय शाखा राजमार्गको दुरी जोमसोम देखि कोरला सम्म १ सय १० किलोमिटर छ ।त्यस्तै बेनी–जोमसोम सडकखण्ड ७४ किलोमिटर छ । दुईलेनको ग्राभेल सडक बिस्तार हुदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।करिडोर सडकले यहा ९० प्रतिशत काम सम्पन्न भएको… पुरा पढौ

घाइते सुत्केरीलाई हेलिकप्टरबाट उद्धार

म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार ९काली० गम्भीर घाइते भएकी थिइन् । परियारको अवस्था गम्भीर देखिएपछि बेनी… पुरा पढौ

साइकल बिजुलीको पोलमा ठोक्किदा…

तनहुँको भानु नगरपालिका ५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव दमौली… पुरा पढौ

२ दिदी र भाइ मिलेर मारे राजुलाई

भाइको हत्या गरेर इनारमा शव लुकाउने २ दिदीसहित ३ जना पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका–९ काउरेटारका २७ वर्षीय राजु विकको हत्या गरेको अभियोगमा मनकुमारी विक, आयुष विक र मनमाया विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मनकुमारी र मनमाया राजुका दिदी हुन भने आयुष भाइ । मनकुमारी विक समेतले मंसिर १२ गते राति कुटपिट एवं चिर्पट प्रहार गरेर घाँटीमा नाम्लोले कसेर राजुलाई मारेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक… पुरा पढौ

हिउँ पन्छाएर खोलियो उपल्लो मुस्ताङ जाने बाटो

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने चराङ खोलादेखि चराङ गाउँसम्म थुप्रिएको करिब ३ किलोमिटर सडकको हिउँ गाउँलेले सफा गरी ट्र्याक खोलेका छन् । गाउँपालिकाका वडाअध्यक्ष टसी ढुन्डुक गुरुङको अगुवाइमा करिब ४० जना गाउँलेको समूहले १३ दिनदेखि थुप्रिएको २ फिट बढी हिउँ बुधबार पन्छ्याएका हुन् । हिउँ पन्छ्याएपछि उपल्लो मुस्ताङ जाने ठूला मालवाहक ट्रकलाई दोहोरो आवत–जावतमा सहज भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । उक्त बाटो कालिगण्डकी तिरैतिर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं