वारागुङले ग¥यो कागबेनी पीण्डस्थल वरपर सरसफाई

६९ औं प्रजातन्त्र दिवसको अवसरमा वारागुङ गाउपालिका कागबेनीले पीण्डस्थल वरपर सरसफाई गरेको छ ।गाउपालिकाले धार्मिक स्थललाई वातावरणमत्री बनाउन सरसफाईको आयोजना गरेको जनाईएको छ ।


उपाध्यक्ष ढिकी गुरुङसहित स्थानीय जनप्रतिनिधि , कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको टोलीले कागबेनी धर्मशाला तथा पीण्डस्थल वरपरको क्षेत्रमा सरसफाई गरेको गाउपालिकाका सूचना अधिकारी सुर्य तिमिल्सिना जानकारी दिए ।

हिउँदयाम तथा बडादशै औसीमा धार्मिक तिर्थालुको आगमनबाट भएको फोहोरलाई गाउपालिकाको टोलीले व्यवस्थापन गरेको तिमिल्सिनाले बताए ।हिउदपछिको गर्मीयाम संगै चैतै दशै औशी तिथिमा धार्मिक तिर्थालुको ओइरो लाग्ने भएकाले प्रजातन्त्र दिवसका दिन फोहोर संकलन गरिएको उनले जनाए ।


कागबेनीधाम धार्मिक दृष्ट्रिकोणले नेपालकै प्रसिद्ध तिर्थ स्थलको रुपमा लिईन्छ ।गाउपालिकाले पीण्ड स्थल वरपर बृक्षारोपण समेत गरेर हरियाली बनाएको गाउपालिकाले जनाएको छ ।