पोखरामा प्याराग्लाइडर रूखमै अल्झिएपछि…

कास्कीको मादी गाउँपालिका छाचोकको जंगलको एक रूखमा रसियन प्याराग्लाइडर अल्झिएका छन्।

पोखरा महानगरपालिका १८ सराङकोटबाट उडेका रसियन पाइलट मादी गाउँपालिकाको जंगलको अग्लो रूखमा अल्झिएको मादी गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए।

‘रूख निकै अग्लो छ अर्को रूखबाट उनको उद्धार गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘अर्को रूखबाट डोरी लगाएर पाइलटलाई अर्को रूखसम्म ल्याए तर रूखमा नै अल्झिएका कारण तल झार्न कठिन भएको छ।’

उनी अन्य साथीहरू सँग उड्दै त्यहाँ आएको बताइएको छ।

अन्य पाइलटहरू सकुशल भुइँमा झरे पनि उनी भने रूखमा अल्झेको बताए। पोखरामा यतिबेला करिब २ सय रसियन र अन्य देशका पर्यटकहरू प्याराग्लाइडिङ गर्न पोखरा आएको एक पर्यटन व्यवसायीले बताए।