बिद्यालय,हवाई सेवा,यातायात,बिद्युत ,संञ्चार,खानेपानी सेवा प्रभावित
हिमाली जिल्ला मुस्ताङमा गत सोमबारदेखि लगातार सिजनको ८ औं पटक भारी हिमपात भएको छ ।हिमपात भएसंगै मुस्ताङकोे जनजीवन यतिबेला कष्ठकर बनेको हो । जिल्लाको उपल्लो मुस्ताङ लगायत तल्लो क्षेत्रमा समेत भारी हिमपात भएको जनाईएको छ ।
थासाङको लेते,कोवाङ,टुकुचे ,घरपझोङको मार्फा,चिमाङ,स्याङ,ठिनी,जोमसोम ,वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथ,कागबेनी,छुसाङ,झोङ,छेङ््गुर,फल्याक,धाकार्जुङ,शाङ््ता लगायतका स्थानमा २ फिटबढी हिमपात परेको हो ।उपल्लो मुस्ताङमा पटक पटक लगातार परेको हिमपातले स्थानीयको जनजीवनमा प्रतिकुल असर पु¥याएको सीमाप्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक निरीक्षक नरेन्द्रकुमार पौडेलले जानकारी दिए ।उनका अनुसार उपल्लो मुस्ताङको छोसेर,छोनुप,लोमान्थाङ,चराङ,घमी,घिलिङ लगायतका दर्जनौ गाउमा भारी हिमपात भएको छ ।‘यो सिजन मुस्ताङमा भारी हिमपात प¥यो,हिमपातले स्थानीयको दैनिकी कष्ठकर बनायो,’सहायक निरीक्षक पौडेल भने,‘हिमपात संगै यातायात,संञ्चार, बिद्युत र खानेपानी सेवा लगायत सेवा पूर्ण रुपमा प्रभावित छ ।हिमपातले सडक अवरुद्ध भएपछि खाद्यान्न संकटको अभाव हुन थालेको छ ।’उनले भने ।

यसवर्ष लगातार ८ औं पटक हिमपात हुदाँ उपल्लो मुस्ताङबासीलाई थप शास्ती बढेको छ ।हिउँद सकिएर गर्मीयाम सुरुवात संगै जिल्ला फर्कने मुस्ताङी र खाद्यान्न ढुवानीका लागि पटक÷ पटकको सडकको हिउँ पन्छ्््याईएको थियो ।तर, हिमपात हुने क्रम नरोकिदा सडक ख््ुलाउने उनीहरुको प्रयास असफल भएको हो ।लोमान्थाङबासीले २ पटक,चराङबासीले ३ पटक र घिलिङबासी १ पटक सडकको हिउ पन्छ्याई सकेका छन्् ।चराङका वडाअध्यक्ष टसी ढुन्डुक गुरुङले ३ पटक सम्म सडकको हिउँ पन्छ्््याउदा समेत हिमपात हुने क्रम नरोकिएको बताए ।उनले हिमपातको नरोकिदा खाद्यान्न संकट देखिन थालेको जनाए ।‘ प््ुरै गाउ जुटेर सडक हिउँ पन्छ्््यायौ,फेरी हिउँ प¥यो ।निराश हुदै उनले भने,‘हिउँ कृषिक्षेत्रका लागि फाईदा भएपनि यतिबेला हामीलाई हिउँनै एलर्जी बन्यो थाल्यो ।’उपल्लो मुस्ताङमा मंसिर देखि सार्वजनिक यातायात तथा मालबाहक गाडीहरु चलेका छैनन््।
लगातारकै हिमपातले जोमसोम,मुक्तिनाथ र जोमसोम ,घाँसा जाने सडक अवरुद्ध बनेको अस्थायी ट्र््फिक कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक राजकुमार पल्लीमगरले जानकारी दिए ।उनका अनुसार कागबेनी÷मुक्तिनाथ जाने सडकमा ३ फिट बढी हिउँ जमेको छ,भने जोमसोमदेखि तलको सडकमा २ फिट हिउ परेको हो ।मुस्ताङमा हिमपात भारी हिमपात भएसंंगै यहाँका धार्मिक पर्यटक जोमसोममै अलपत्र परेका छन्् ।मुस्ताङमा हिमपात भएसंगै लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन बन्द भएको जनाईएको छ ।
गोर्खाबाट मुक्तिनाथ आएकी सरु बुढामगरले हिउपातकै कारण आफ््नो टोली अलपत्र परेको जनाईन्् ।अर्का चितवनका मधुसुदन दवाडी पनि मुक्तिनाथ सडक हिउँले अवरुद्ध हुदा जोमसोममै अड््किएको बताए ।उनले मौसम सुधार देखिएकाले मुक्तिनानथ आएको तर,यहाँ आउदा हिमपात भएको उल्लेख गरे ।

मंगलबार देखि परेको हिमपातले जोमसोमको हवाई सेवा पूर्ण रुपमा बन्द भएको जोमसोम नागरिक उड््यन कार्यालयका प्रमूख भान््ु कोईरालाले जानकारी दिए ।उनले मौसम प्रतिकुल तथा कालोपत्रे धावनमार्गमा २ फिट हिउँ जमेकाले नियमित उडान रद्ध भएको बताए ।मुस्ताङमा यतिबेला तारा एयरलाईन्सले दैनिक २ वडा उडान भर्दै आईरहेको छ ।गत माघ महिनामा पनि जोमसोम बिमानस्थलको धावनमार्गमा यस्तै २ फिट बढी हिउ जमेकाले हवाईसेवा प्रभावित भएको हो ।
हिमपातले शैक्षिकक्षेत्र प्रभावित
सोमबार देखि परेको यो सिजनका ८ औं हिमपातले मुस्ताङमा खुलेका बिद्यालयको शैक्षिक पठन पाठन नराम्ररी प्रभावित बनेको जनाईएको छ ।हिउँदे २ महिना लामो बिदापछि २ साताअघि मात्र ख््ुलेका बिद्यालयलाई हिमपातले असर पू¥याएको जनहित माध्यमिक बिद्यालयका शिक्षक माधवजी भण्डारीले जानकारी दिए ।उनले मौसम प्रतिकुल र भारी हिमपातले बिद्यालय आउने बिद्यार्थीको संख्या सुन्य भएको बताए ।
मुस्ताङका ५६ सामूदायिक बिद्यालय मध्ये २० वटा आधारभुत बिद्यालय बेशीमै घुम्ती रहेको र बाँकी ३६ बिद्यालयको नयाँ शैक्षिक सत्रको कक्षा सुरु गराईए पनि हिमपातले असर परेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।
मुस्ताङमा खुलेका बिद्यालय परिसरमा अहिले २ सम्म हिउँ जमेको हो ।हिमपात भएपछि बिद्यालय आउने बिद्यार्थीलाई हाजिर गराई बिदा दिईएको छ ।






