सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा सम्झना माकाजू

पोखरा–४, रामकृष्णटोल, टुँडाकोपाटनस्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा सम्झना माकाजू चयन भएकी छन् । यस अघि गोमा कोइराला सुवेदी नेतृत्वको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेकी माकाजू अध्यक्षमा चयन भएकी हुन् । संस्थाको आठौं अधिवेशनबाट उपाध्यक्षमा सीमा कोइराला चयन भएकी छन् । उनी यसअघिको कार्यकालमा सचिवको जिम्मेवारीमा थिइन् ।

यसैगरी संस्थाको सचिवमा कल्पना गौतम, कोषाध्यक्षमा भवानी माकाजू, सहसचिवमा मिथिला मल्ल, सहकोषाध्यक्षमा लीला श्रेष्ठ चयन भएकी छन् । संस्थाको कार्यसमिति सदस्यमा पुनम कोइराला, ज्योती कोइराला, प्रेमकुमारी पराजुली, जमुना आचार्य र मिना लिगल छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले स्थानीय स्तरको विकासमा टोल विकासको भूमिका महत्वपूर्ण हुने बताए । उनले सिद्धार्थ टोल विकास संस्थाले विकासका साथै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै थप रचनात्मक काम गर्न आग्रह गरे ।
पोखरा–४ का वडाध्यक्ष शंकर प्रसाद बाँस्तोलाले सिद्धार्थ टोल विकास संस्थाका गतिविधि प्रशंसनीय रहेको भन्दै वडाबाट आवश्यक सहयोग जारी राख्ने बताए ।
संस्थाकी अध्यक्ष गोमा कोइराला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष विनोद श्रेष्ठ, संस्थाका वरिष्ठ सल्लाहकार मदनकाजी श्रेष्ठ, सल्लाहकार मंगलप्रसाद माकाजू, ब्रह्माकुमारी सुधा दिदी लगायतले बोलेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष सम्झना माकाजूले स्वागत, सचिव सीमा कोइरालाले सञ्चालन तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा कोषाध्यक्ष भवानी माकाजूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा पत्रकार हरि पन्त, राष्ट्रिय सम्पदा तथा जनअधिकार समितिका महासचिव सुनिल पाण्डे, एसईई उत्तीर्ण विद्यार्थीहरू जगदीश पाठक, रीतिका लामिछाने र प्रिया श्रेष्ठका साथै सल्लाहकार, ज्येष्ठ नागरिक, अक्षयकोष दाता र विभिन्न कार्यक्रमका संयोजकहरूलाई सम्मान गरिएको थियो ।