श्रीमतीमाथि गोली प्रहार

जीवनभर साथ दिने वाचा गरेका श्रीमान्ले नै श्रीमतीमाथि गोली चलाएका छन् । बडिगाड गाउँपालिका १० दर्लिङका चन्द्रबहादुर घर्तीले आफ्नै श्रीमती बालकुमारीलाई भरुवा बन्दुक प्रहार गरेका छन् ।

बिहीबार राति दम्पतीमा सामान्य भनाभन हुँदा चन्द्रबहादुरले गोली प्रहार गरेका हुन् । बन्दुक प्रहारबाट बालकुमारीको साप्रामा गोलीको छर्ला लागेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बालकुमारीको अवस्था सामान्य छ ।

उनको दर्लिङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलमा भरुवा बन्दुक फेला परे पनि चन्द्रबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।