मासु व्यवसायी संघ कास्कीमा गोविन्द

मासु व्यवसायी संघ कास्कीको प्रथम अधिवेशनले गोविन्द तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्ष ज्ञानहरि आचार्य, सचिव राजेन्द्र शर्मा तिमल्सिना, सहसचिव पवन नेपाल र कोषाध्यक्ष लोकराज शर्मा छन् ।

सदस्यामा चीनबहादुर गुरुङ, सामुद शाह, नरेश थापा, बद्रीनाथ भुर्तेल, गोविन्द श्रेष्ठ र गंगामाया गिरी छन् । । अशोक श्रेष्ठ संयोजक, प्रेमप्रसाद पौडेल र लीलाबल्लभ न्यौपाने सदस्य रहेको निर्वाचन मण्डलले उनीहरुलाई सर्वसम्मत चयन भएको घोषणा गरेको हो ।

कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले पछिल्ला वर्ष पोखराको मासु व्यवसाय व्यवस्थित र स्वस्थकर बनेको बताउँदै यसमा हेफर इन्टरनेसनल संस्थाको ठूलो भूमिका रहेको बताए । हेफर इन्टरनेसनल परियोजना प्रमुख श्याम पौडेलले पोखरामा व्यवस्थित बधशाला बन्ने निश्चित रहेको र त्यसमा महानगर र प्रदेश सरकारको आर्थिक सहयोग र हेफर इन्टरनेसनलको प्राविधिक सहयोग रहने बताए ।

समारोहमा पशुसेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल पोखराका प्रमुख ठगेन्द्र अर्याल, भेटेरिनरी एसोसिएसन नेपालका केन्द्रीय महासचिव गृष्मप्रसाद न्यौपाने, एसोसिएसन सचिव डा. अशेष भट्टराई, उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारी, पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेल, कुखुरा तथा खसी मासु व्यवसायी समितिका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, कुखुरापालक किसान संघका अध्यक्ष यज्ञप्रसाद गुरुङ, पत्रकार यदुनाथ बञ्जारा र मासु व्यवसायी संघका सल्लाहकार अशोक श्रेष्ठले शुभकामना व्यक्त गरे ।

तदर्थ समितिका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्द तिवारी, सचिव ज्ञानहरि आचार्य , कोषाध्यक्ष सूर्यकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारा सम्मानित भए ।