अर्थ, वाणिज्य

बैंकमा रहेको व्यक्तिगत खाता सुरक्षित

चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम ह्याक भएको खबर पछि सबै बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका थिए। नेपाल इलोक्ट्रोनिक… पुरा पढौ

सुनको मूल्य तोलाको ७२ हजार

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।  शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।  यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

विदेश जाँदा बैंक खाता अनिवार्य !

सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्किङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजागर विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैङ्किङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैङ्क खाता खोल्नुपर्ने नियम बनाइएको बताए ।… पुरा पढौ

सुनको मूल्य अझै बढ्ने (यस्ता छन् मूल्य बढ्नुका कारण)

हिजो बिहीबार नेपाली बजारमा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।  एक महिनाको अन्तरालमा प्रतितोला सुन ८ हजार रुपैयाँले बढिसकेकेको छ । साउन १५ गते ६५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन भदौ १२ गतेसम्म आइपुग्दा ७३ हजार चारसय रुपैयाँ कायम भएको हो । बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले… पुरा पढौ

भारतमा आर्थिक मन्दी ! नेपालमा असर पर्छ ?

अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ । भारुले यो वर्ष जति पनि वृद्धि हासिल गरेको थियो त्यो यही एक महिना (अगस्ट) भित्र नै गुमेको छ । यो महिना भारु ६ वर्ष यताकै सबैभन्दा खराब मासिक ह्रास सामना गर्ने मार्गमा छ, हिन्दुस्तान टाइम्सले लेखेको छ । भारुको हालसम्मको सबलताको… पुरा पढौ

लेखनाथ उद्योग बाणिज्य संघमा निर्विरोध कार्यसमिति

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकालसहितको समूह निर्विरोध भएको छ । संघको १२ औं अधिवेशनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा अध्यक्ष सहित पदाधिकारी र सदस्यमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि ढकालसहितको समूह निर्विरोध भएको हो । संघको बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी राजु र कोषाध्यक्षमा जानुका अधिकारीको मात्रै उम्मेदवारी परेको हो । महिला सदस्यमा… पुरा पढौ

रविको सम्पति छानबिन गर्दै प्रहरी

थुनामा रहेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीको बैंक खाता छानबिन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले लामिछाने लगायतको बैंक खाताको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ । अभियोगपत्रमा समावेश पत्रअनुसार तीनैजना प्रतिवादीको नेपालका वाणिज्य बैंकमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सो अभियोगपत्र चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । आत्महत्याअघि पत्रकार शालिकराम पुडासैनीले बनाएको भिडियोमा रविसहित सीधा… पुरा पढौ

पद्यश्री सहकारीमा इन्दिरा कोइराला

पद्यश्री बचत तथा ऋण सहकारी पोखरा ९, न्युरोडको १२ औं साधारणसभा तथा सातौं अधिवेसनले सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । समितिको अध्यक्षमा इन्दिरा कोइराला, उपाध्यक्ष सुजा बास्तोला, सचिव देवेन्द्र पालिखे र कोषाध्यक्ष उर्मिला बस्नेत छन् । ४ वर्षे कार्यकालका लागि नवनिर्वाचित सदस्यहरुमा विजया बास्तोला, ईश्वरी कोइराला र झलक अधिकारी छन् । यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजक गणेश कोइराला र सदस्यद्वयमा यशोदा बास्तोला र लक्ष्मी कुँवर छन् । सहकारीको ऋण… पुरा पढौ

माटोरहित सरफ ‘क्लिन एड’

नेपाली बजारमा सयौं स्वदेशी तथा विदेशी कम्पनीका डिटरजेन्ट पाउडर (सरफ) छन् । यही भिडमा नेपाली उत्पादन क्लिन एड डिटरजेन्ट पाउडर पनि आएको छ । यो पाउडर यसैवर्षदेखि उत्पादन भएको हो । स्वच्छ नेपाल, स्वस्थ नेपाल नारासहित सिमरास्थित क्लिन एड नेपालले उक्त सामग्री उत्पादन गरी बजारमा ल्याएको हो । यो कम्पनीले विभिन्न साइजमा डिटरजेन्ट पाउडर (सरफ), भाडा धुने सावुन, जाली, स्टिल प्याड, स्क्रप प्याड, नाइलन फम उत्पादन गरेको छ । कम्पनीले… पुरा पढौ

मादी ११ सैमराङमा नेकपाको भेला

कास्कीको मादी गाउँपालिका ११ सैमराङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा स्तरीय प्रशिक्षण भेला भएको छ । भेलामा नेकपाका केन्द्रीय कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण्ॉले पछिल्लो निर्वाचन प्राप्त मत अनुसार नेकपामाथि जनताको ठूलो आशा र भरोसा रहेको बताए । उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको सपना साकार बनाउने गरी क्रियाशील हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरे । नेकपा कास्की जिल्ला सहइन्चार्ज श्रीनाथ बरालले अहिले संघीय सरकारदेखि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं