अर्थ, वाणिज्य

अब एटीएमबाट चाहेजति रकम निकाल्न नपाइने

अब एटिएमबाट दैनिक ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले तत्कालका लागि एटिएमबाट झिक्न पाउने रकमको सीमा घटाइएको जानकारी दिए। यसअघि दैनिक एक लाख रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था थियो। त्यस्तै अब एक पटक कार्ड घुसाउँदा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न पाइने छ। यसअघि एक पटकमा अधिकतम २५ हजार… पुरा पढौ

घाँडो सिक्का पैसा : बैंकहरू दिन्छन्, लिन मान्दैनन्

बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् ।  ग्राहकको सिक्का पैसा बैंक तथा… पुरा पढौ

टिकट बेच्न नसकेपछि काठमाडौँ-ओसाका ३ उडान रद्द

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।  निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।  ‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’ निगमले उडान… पुरा पढौ

विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो। पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्। ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र… पुरा पढौ

२२ उद्योगको उत्पादन र बिक्री वितरण रोक, ५ मा शिलबन्दी

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरूमा शिलबन्दी गरिएको हो । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग… पुरा पढौ

अब एउटा बैंकको एटीएम अर्कोमा नचल्ने

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने बताएको छ। नेप्सले सूचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको छ। नेप्स बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । यसै नेर्टवर्क मार्फत् विभिन्न बैंकले कार्डसँग सम्बन्धित होस्टिङ्ग र स्विचिङ्ग गर्दै आएका छन् ।  अहिले नेप्सको भिसा नेर्टवर्कमा नेपालका १८ बैंक आबद्ध छन्।… पुरा पढौ

भीम रावलसँग स्पष्टीकरण लिइने

केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका-टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ ।  विभिन्न सन्दर्भमा विभिन्न नेताहरुलाई सार्वजनिक रुपमै नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिहरुलको खोजी नेकताभित्र व्यापकरुपमा हुन थालेको छ । यस क्रममा जम्मा पाँच जना नेताहरुको नाम स्पष्टीकरण लिनुपर्ने व्यक्तिका रुपमा सूचीबद्ध भएको बुझिएको छ ।  पार्टीमा फलामे अनुसाशन कायम गर्नका निम्ति… पुरा पढौ

सुधारको संकेत : आयात घट्यो, निर्यात बढ्यो

अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापार समीकरणमा धेरैपछि परिवर्तन आएको छ अर्थात् आयातको प्रवृत्ति यस पटक घटेको छ, निर्यातमा तुलनात्मक वृद्धि देखिएको छ । खर्बौं व्यापार घाटाको भयावह स्थितिबाट गुज्रिरहेको मुलुकका लागि झट्ट पत्यार नलाग्न सक्छ, व्यापार घाटाको आयाम पनि यस पटक घटेको छ ।  यस पटक अर्थात् चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा आयातको प्रवृत्ति घटेको हो । भन्सार विभागले सार्वजनिक गरेको साउनको तथ्याङ्कअनुसार पहिलो… पुरा पढौ

विदेशी लगानी साढे २५ प्रतिशतले घट्यो

गत वर्ष मलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरका प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रियो । यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७४/७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको थियो ।  गत आर्थिक वर्षको बाह्रै महिना विदेशी लगानी घट्यो । विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत  व्यावहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको हो । त्यो त गत वर्ष सरकारले लगानी सम्मेलन… पुरा पढौ

वडा दसैंमा ठूलाथरमा मेला

बागलुङको गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा नेपालीको महान् चाड दसैंको अवसरमा वडा दसैं मेला २०७६ हुने भएको छ । आइतबार पोखरामा भएको कार्यक्रममा मेलाबारे जानकारी दिइएको हो । संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै मेला आगामी असोज २२ देखि २६ गतेसम्म ठूलाथरस्थित संगम खेल मैदानमा हुने क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिए । ‘पर्यटन प्रवद्र्धनमा खेलकुद, कला र संस्कृतिको पहिचान, गलकोटको गौरव बहुउद्देश्यीय कभर्ड हल निर्माण हाम्रो अभियान’ भन्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं