पोखराको चिप्लेढुंगास्थित मुनाल स्टोर्स २१ औं वर्षमा प्रवेश गरेको छ । ‘तपाइँको चाहना अनि मुनाल स्टोर्स…’ भन्ने नाराका साथ २१ वर्ष अघि स्थापना भएको थियो ।
स्टोर्सले सबै ग्राहक तथा शुभचिन्तकमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो माया पाउने विश्वास व्यक्त गरेको छ । साथै ग्राहकको अटुट माया र विश्वासलाई सदैव कायम राख्ने प्रण समेत स्टोर्सले गरेको छ ।
यसैबीच वार्षिकोत्सवको अवसरमा मुनालले वार्षिकोत्सव सप्ताह मनाउने भएको छ । स्टोर्सले यही भदौ २१ गतेदेखि २८ गतेसम्म सप्ताह मनाउने भएको सञ्चालक मोती भुजेलले जानकारी दिए ।
मुनाल स्टोर्स सबै प्रकारका खाद्य तथा घरायसी सामग्रीको सुपर मार्केट हो ।




