अर्थ, वाणिज्य

भीक्षा मागेर देश चल्दैन, आफ्नै खुट्टामा उभिएर बनाउनुपर्छ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भिक्षा मागेर देश नचल्ने बताएका छन् । भीमाद नगरपालिका २ जौपानीस्थित मान्द्रे ढुंगा लिफ्टिङ खानेपानी आयोजना सोमबार उद्घाटन गर्दै उनले पञ्चायतकालमा जस्तो अबको सरकारले ऋण नलिने बताए । ‘छिमेकी राष्ट्र गुहारेर भीक्षा मागेर नेपाल बनाउन सकिँदैन,’ उनले भने, ‘हिजो पञ्चायतकालमा जे भयो, वर्तमान सरकाले त्यसो गर्दैन ।’ उनले अब आफ्नै खुट्टामा उभिएर देश बनाउने बाचा गरे । मन्त्री गुरुङले अरुसँग मागेर… पुरा पढौ

रामेश्वर कृषि सहकारीमा डिल्लीराम भट्टराई

पोखरा १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधव आचार्य, सहसचिवमा विष्णुप्रसाद बराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यमा डिल्लीराम शर्मा पौडेल, इन्द्रा खत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी र सीताराम गौतम छन् । कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सेयर सदस्यको सहकार्यबाट… पुरा पढौ

धुर्मुस सुन्तली फाउन्डेसनलाई मुक्तिनाथले दियो ५ लाख

मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सो रकमको चेक हस्तान्तरण गरे । मुक्तिनाथले आफ्नै रेमिट मुक्तिनाथ रेमिटबाट चाडपर्व लक्षित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक गरेको छ । भदौ १ गते लागु भएको यो योजना कात्तिकभर चल्नेछ । मुक्तिनाथले क्यान्सर… पुरा पढौ

शीतल सहकारीमा ईश्वरी

शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए । सहकारीको उपाध्यक्ष युवकराज लामिछाने, सचिव नारायणप्रसाद अधिकारी, सहसचिव हरिप्रसाद लम्साल, कोषाध्यक्ष मोहनलाल पौडेल छन् । सञ्चालक सदस्यमा कमलकान्त उपाध्याय, श्रीराम सुवदी, विष्णुमाया लम्साल, सुरजप्रकाश भुजेल, नारायण पौडेल र ईच्छा बराल अधिकारी छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजक ऋषिराम बराल, सदस्यमा बेदप्रसाद अधिकारी र रामप्रसाद… पुरा पढौ

दशैं अघि यातायात भाडा नबढ्ने

आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ ।  सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।  व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । ‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन । पुरा पढौ

उत्पादननशील क्षेत्रमा लगानी गर्दै नमस्ते सहकारी

नमस्ते बचत तथा ऋण सहकारी सहकारी पोखरा ४ सिद्धार्थले नेपाल सरकारले ल्याएको नीति अनुरुप एक सहकारी एक उत्पादनलाई यस आर्थिक वर्षमा कार्यान्वयनमा लैजाने भएको छ । सहकारीको शनिबार भएको नवौै वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । सभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीका मूल्य, मान्यता अनुरुप सञ्चालन भएको सहकारी नाफामा भन्दा सदस्यको हितमा केन्द्रित हुने जनाए । उनले सहकारी शिक्षा शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने, विभिन्न कार्यक्रम राख्दा… पुरा पढौ

रञ्जन अधिकारीलाई मित्रमिलन पत्रकारिता पुरस्कार

मित्रमिलन कृषि सहकारी संस्था पोखरा ९ ले पत्रकार रञ्जन अधिकारीलाई २५ हजार राशिको ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मान गरेको छ । पोखराको बिग एफएमका स्टेसन म्यानेजर अधिकारी ११ वर्षदेखि पत्रकारीतामा क्रियाशील छन् । मित्रमिलनको अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । अधिवेशनबाट उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भीमलाल पौडेल… पुरा पढौ

हाम्रो सहयोगी सहकारीद्धारा सामाजिक सुरक्षा सेवा कोष स्थापना

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा सेवा कोष सञ्चालन गरेको छ । सहकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उक्त कोष सञ्चालन गरेको हो । कोषको घोषणा शनिबार गरिएको छ । सहकारीले आफ्नो १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कोष घोषणा गरेका हुन् । कोषको रकम ३ लाख ५१ हजार १ सय ११ रहेको छ । उक्त कोषमा प्रत्येक सदस्यबाट दैनिक… पुरा पढौ

डेभिजफल सहकारीको आठौं साधारणसभा

पोखरा १७ छोरेपाटनस्थित डेबिजफल बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा भएको छ । सभामा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सहकारीले उत्पादन मुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । उनले सुखी नेपाली, समृद्ध नेपालका लागि आत्मनिर्भर अर्थतन्त्र हुनुपर्ने र यसका लागि सहकारीले योगदान गर्नुपर्ने विचार राखिन् । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सहकारीले सिर्जनात्मक र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै सबै क्षेत्रको सहभागिता र सहकार्यले नै सामाजिक विकास सम्भव… पुरा पढौ

पोखराको मुनाल स्टोर्स २१औं वर्षमा

पोखराको चिप्लेढुंगास्थित मुनाल स्टोर्स २१ औं वर्षमा प्रवेश गरेको छ । ‘तपाइँको चाहना अनि मुनाल स्टोर्स…’ भन्ने नाराका साथ २१ वर्ष अघि स्थापना भएको थियो । स्टोर्सले सबै ग्राहक तथा शुभचिन्तकमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो माया पाउने विश्वास व्यक्त गरेको छ । साथै ग्राहकको अटुट माया र विश्वासलाई सदैव कायम राख्ने प्रण समेत स्टोर्सले गरेको छ । यसैबीच वार्षिकोत्सवको अवसरमा मुनालले वार्षिकोत्सव सप्ताह मनाउने भएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं