अर्थ, वाणिज्य

सर्वसाधारणलाई सेयर बेच्दै नेपाल टेलिकम

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम… पुरा पढौ

बैङ्कको झण्डै १८ करोड हिनामिना गर्ने गिरोहका थप १० जना पक्राउ

दाङ एक बैङ्कमा झण्डै १८ करोड रुपैयाँ आफ्नो निजी खातामा सारेर हिनामाना पार्न खोजेका तत्कालिन बैङ्क प्रबन्धक समातिए लगत्तै थप १० जनाको गिरोहलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । साविकको वेस्ट्रन डेभिलभमेन्ट बैङ्कका तत्कालिन प्रवन्धक  ३० वर्षीय समिर बुढाथोकीले  हालको देव बिकास बैङ्क संग मर्ज हुने बेलामा त्यस बैङ्कको १७ करोड ९९ सय लाख ९० हजार रुपैयाँ अनियमितता गरी आफ्नो खातामा राखेको अभियोगमा भदौ ३  गते  उनलाई पक्राउ… पुरा पढौ

बैङ्कको साइबर सुरक्षा नाजुक, ५ घण्टामा १५ सय पटक पैसा झिकियो

सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९… पुरा पढौ

नेपाल र भारतबाट नेपाली बैङ्कहरुका ३ करोड बढी पैसा झिकियो

चिनियाँ ह्याकरहरुले नेपालका केही बैङ्कको डाटा ह्याक गरी विभिन्न एटीएम बुथमार्फत करोडौँ रुपैयाँ झिकेका छन् । उनीहरुको भिसा कार्डका नक्कली एटीएम कार्ड प्रयोग गरी नेपालमा नबिल, प्रभु, सानिमा लगायत बैङ्कका एटीएम बुथबाट रु १ करोड ७६ लाख रकम शनिबार अपरान्ह झिकेका थिए । यस्तै, भारतमा पनि नेपाली बैङ्कको एटीएम कार्ड प्रयोग गरेर १ करोड ६८ लाख झिकेको देखिएको नेपाल राष्ट्र बैङ्कले बताएको छ । यद्यपि, भारतमा कसको संलग्नता थियो भन्ने… पुरा पढौ

सर्वसाधारणको रकम सुरक्षित छ : नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको खाता सुरक्षित रहेकाले निर्धक्क भएर कारोवार गर्न आग्रह गरेको छ । चिनियाँ नागरिकले नेपाली बैंकको एटिएमबाट पैसा निकालेपछि छलफलमा जुटेको केन्द्रीय बैंकले सुरक्षाका कुन–कुन विषयमा कमजोरी रह्यो भन्ने बारेमा गम्भीररूपमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएको छ । बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले कुरा गर्दै भने, “आम नागरिकको खातामा रहेको रकम सुरक्षित छ । कुनै चिन्ता लिनुपर्दैन”, उनले बैंक तथा वित्तीय संस्थालाई समेत ढुक्क भएर कारोवार गर्न… पुरा पढौ

अमले सहकारीमा नयाँ सञ्चालक समिति

पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा तथा चौथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खेमराज बराल ‘ध्रुव’, सचिवमा एकनारायण भण्डारी, सहसचिवमा मदनकुमार मैनाली, कोषाध्यक्षमा माधव भट्टराई, सहकोषाध्यक्षमा युवराज सुवेदी र सदस्यमा मनुराज आचार्य, कल्पना कार्की, टीकाराम बराल, थाममाया गुरुङ र सावित्रा पौडेल सर्वसम्मत भए । कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा छविलाल पनेरु र शारदा भण्डारी सदस्य रहको… पुरा पढौ

बैंकमा रहेको व्यक्तिगत खाता सुरक्षित

चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम ह्याक भएको खबर पछि सबै बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका थिए। नेपाल इलोक्ट्रोनिक… पुरा पढौ

सुनको मूल्य तोलाको ७२ हजार

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।  शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।  यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

विदेश जाँदा बैंक खाता अनिवार्य !

सरकारले रेमिटेन्सलाई बैङ्किङ प्रणालीमार्फत् ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन वैदेशिक रोजगारीमा जानेलाई बैङ्क खाता अनिवार्य गर्न लागेको छ । अहिले मुलुकमा कुनल रेमिटेन्सको एकतिहाइभन्दा बढी हुन्डीमार्फत भित्रिने अनुमान छ । हुन्डीमार्फत हुने कारोबार रोक्न सरकारले सबै रेमिटेन्स बैङ्किङ प्रणालीमार्फत ल्याउन अनिवार्य खाताको व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजागर विभागका महानिर्देशक भीष्मकुमार भुसालले विदेशमा कमाएको रकम बैङ्किङ च्यानलमार्फत भित्रिओस् भनेर विदेश जानुअघि अनिवार्य बैङ्क खाता खोल्नुपर्ने नियम बनाइएको बताए ।… पुरा पढौ

सुनको मूल्य अझै बढ्ने (यस्ता छन् मूल्य बढ्नुका कारण)

हिजो बिहीबार नेपाली बजारमा सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।  एक महिनाको अन्तरालमा प्रतितोला सुन ८ हजार रुपैयाँले बढिसकेकेको छ । साउन १५ गते ६५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन भदौ १२ गतेसम्म आइपुग्दा ७३ हजार चारसय रुपैयाँ कायम भएको हो । बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं