डेभिजफल सहकारीको आठौं साधारणसभा

पोखरा १७ छोरेपाटनस्थित डेबिजफल बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा भएको छ ।

सभामा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सहकारीले उत्पादन मुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।

उनले सुखी नेपाली, समृद्ध नेपालका लागि आत्मनिर्भर अर्थतन्त्र हुनुपर्ने र यसका लागि सहकारीले योगदान गर्नुपर्ने विचार राखिन् ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सहकारीले सिर्जनात्मक र उपलब्धिमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै सबै क्षेत्रको सहभागिता र सहकार्यले नै सामाजिक विकास सम्भव रहेको उल्लेख गरे ।

पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी, सहकारी संघ केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक भीम गुरुङ, सल्लाहकार देवीबहादुर थापा, संस्थाका उपाध्यक्ष भीष्म कार्की, सचिव राजेन्द्रबहादुर थापा लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।