ताजा समाचार

भाद्र २१ गते २०७६

उत्पादननशील क्षेत्रमा लगानी गर्दै नमस्ते सहकारी

नमस्ते बचत तथा ऋण सहकारी सहकारी पोखरा ४ सिद्धार्थले नेपाल सरकारले ल्याएको नीति अनुरुप एक सहकारी एक उत्पादनलाई यस आर्थिक वर्षमा कार्यान्वयनमा लैजाने भएको छ । सहकारीको शनिबार भएको नवौै वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

सभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीका मूल्य, मान्यता अनुरुप सञ्चालन भएको सहकारी नाफामा भन्दा सदस्यको हितमा केन्द्रित हुने जनाए । उनले सहकारी शिक्षा शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने, विभिन्न कार्यक्रम राख्दा विद्यार्थी जीवनदेखि नै सहकारी शिक्षाको ज्ञान दिनुपर्ने, संस्थाले कोपोमिक्स (सूचना) मा सदस्यलाई अद्यावधिक गराउनुपर्ने बताए ।

तिवारीले केही समयपश्चात एक सहकारी एक व्यक्ति हुने हुँदा सेयर सदस्यको हितमा हुने गरी मर्जरमा जान अनुरोध गरे । संस्थाका संरक्षक प्रमुख सल्लाहकार नारायण पौडेलले संस्थाको प्रगतिमा सदस्यको सहभागिता महत्वपूर्ण रहेको बताए । उनले हरेक कार्यक्रमलाई महत्व दिन र सबै कारोबार संस्थाबाटै गर्न अनुरोध गरे ।

कार्यक्रममा रविन्द्र लामिछाने, सुजाता मानन्धर, सकुन्तला बराल, विदुर त्रिपाठी, सल्लाहकार चण्डीप्रसाद अर्याल, युक्तबहादुर सुवेदी, अमर सापकोटा, अधिवक्ता विष्णुप्रसाद अधिकारी, उपेन्द्रराज गौतम, देवकुमार श्रेष्ठ, शेयर सदस्य नगेन्द्र रानाभाट, त्रिलोचन दाहाल लगायतले बोलेका थिए ।

संस्थामा अध्यक्ष विष्णुहरि दाहालले प्रस्ताव गरेको मर्जरको विशेष एजेन्डा, सचिव धर्मराज अर्यालले प्रस्तुतगरेको संस्थागत क्रियाकलाप तथा भावी कार्यक्रम, कोषाध्यक्ष दधिराम दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समिति संयोजक विजयराज बरालले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।

कार्यक्रमा २०७५ सालको १० जोड २ परीक्षामा उत्तीर्ण हुने रुमाकुमारी÷विष्णुबहादुर अधिकारीका छोरा विरुज अधिकारी, लक्ष्मण÷उषा मुल्मीकी छोरी आयूषा मुल्मी, बावुराम पौडेलकी छोरी प्रशन्ना पौडेललाई शिक्षा पदक वितरण गरिएको थियो ।

असल कारोबारीको रुपमा सञ्चालक रुमाकुमारी केसी, नारी बचत विधामा शान्ति श्रेष्ठ र असल कारोबार सञ्चालन गर्ने भिष्मजंग केसी, सहयोगको विधामा अध्यक्ष विष्णुहरि दाहाल, कोषाध्यक्ष दधिराम दाहाल, लेखा तथा सुपरीवेक्षण समिति संयोजक विजयराज बराल, सञ्चालक बुद्धिप्रसाद भण्डारी, सरस्वती गिरी, शोभा अधिकारी कुँवर,
सदस्य तोयराज तिमिल्सिना र गोविन्दप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

शिक्षा सूचना तथा सञ्चार उपसमिति संयोजक केशरबहादुर केसीको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजुकुमार शर्मा, राष्ट्रिय गान सञ्चालक सरस्वती गिरी, सात सिद्धान्त वाचन कल्पना गौतम र सञ्चालन सचिव धर्मराज अर्यालले गरेका थिए ।


Loading...