पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा सेवा कोष सञ्चालन गरेको छ ।
सहकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उक्त कोष सञ्चालन गरेको हो ।
कोषको घोषणा शनिबार गरिएको छ । सहकारीले आफ्नो १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कोष घोषणा गरेका हुन् । कोषको रकम ३ लाख ५१ हजार १ सय ११ रहेको छ । उक्त कोषमा प्रत्येक सदस्यबाट दैनिक १ रुपैयाँ जम्मा गरिनेछ ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीले राज्यको नीति नियम पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे ।
सहकारीले समेत अरवौं रकम कारोबार गर्न र व्यवस्थित ढंगले सञ्चालन गर्नैका लागि सहकारीबीच मर्जको नीति ल्याउन लागिएको बताए ।
मन्त्री थापाले सहकारीलाई ग्रामिण क्षेत्रमा केन्द्रित गर्नुपर्ने भन्दै ग्रामिण क्षेत्रमा जाने सहकारीलाई विशेष प्रोत्साहन गर्ने बताए ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसभा सदस्य कृष्ण थापाले सहकारीलाई सशक्त ढंगले सञ्चालन गर्न सके मुलुकको समृद्धिको बाहक सहकारी हुने बताए ।
सहकारीका निवर्तमान अध्यक्ष किशान सुनारले सहकारीले अवलम्वन गरेका बाटा र लिएका नीति निकै महत्वपूर्ण भएको भन्दै राज्यले सहकारीलाई पनि विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए ।
संस्थाका अध्यक्ष शिव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, कैलाश सहकारीका अध्यक्ष शिव अधिकारी, सहकारीकी उपाध्यक्ष राधिका शाही योगी, सचिव नवीन किरण भुषाल, कोषाध्यक्ष दीपेन्द्र आचार्य, शिक्षा समिति संयोजक लालबहादुर गुरुङ लगायतले बोलेका थिए ।
पत्रकार, कर्मचारी र विद्यार्थी सम्मानित
उक्त अवसरमा नेपालदूत अनलाईनका कार्यकारी सम्पादक हरि पन्त शनिबार पोखरामा सम्मानित भएका छन् । उनी पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले स्थापना गरेको ‘सहकारी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन् ।

सहकारीले १० औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार पन्तलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सम्मान गरेका हुन् । पोखरामा रहेर डेढ दशकदेखि पत्रकारितामा सक्रिय पन्त पोखरा आवाज दैनिकमा समेत कार्यरत छन् ।
यसैगरी उत्कृष्ट कर्मचारी जीवन अधिकारी, बजार प्रतिनिधि सुरक्षा सापकोटा, उत्कृष्ट तथा असल कारोबारीहरू विष्णुबहादुर सुनार, लिलाबहादुर जिसी, गंगाकुमारी कंडेल, सन्तबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
साथै रामज्योति विद्यालयमा अध्ययनरत प्रीतम विक र प्रीष्का गुरुङलाई छात्रवृत्ति प्रदान एवं एसइई तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरू प्रशान्तराज अर्याल, गौरव पौडेल, विजयराज पौडेल, निरुषा गौडेल, रुपेश सापकोटा, सुष्मा पोखरेल, शिशिरराज कोइरालालाई पनि सम्मान गरिएएको थियो ।
७ सय ६० जना शेयर सदस्य रहेको सहकारीको कुल पुँजी ६ करोड ६५ लाख, निक्षेप संकलन १२ करोड ५७ लाख र १९ करोड ८४ लाख ऋण लगानी गरेको छ ।
महानगरको सहकारी ऐन लागु गर्दै नयाँ सञ्चालक समिति
हाम्रो सहयोगी सहकारीको अध्यक्षमा शुक्रराज कंडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न सम्पन्न चौथो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा सुवास ढुंगाना, सचिवमा लोकेन्द्रकुमार राई, सहसचिवमा कृष्ण तिमिल्सिना , कोषाध्यक्षमा रुद्र विक, सहकोषाध्यक्ष जमुना आचार्य छन् ।
यसैगरी सदस्यमा दीपेन्द्र शर्मा, सृजन श्रेष्ठ, निर्मल पंथी, गोपाल भूषाल, कृष्णबहादुर लम्साल, मनोज रसायली र शिव संसार श्रेष्ठ छन् ।
यस्तै लेखासमिति संयोजकमा डिल्ली प्रसाद शर्मा, सदस्यमा लालबहादुर राना र रामचन्द्र पौडेल छन् । हाम्रो सहकारीले महानगरले बनाएको सहकारी ऐन लागु गरेको छ । पोखरा महानगरमै सञ्चालक समिति चयनमा ऐन लागु गर्ने हाम्रो सहयोगी पहिलो हो । जनप्रतिनिधि र कर्मचारी सञ्चालक बन्न नपाइने प्रावधान अनुरुप सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षले नेतृत्व हस्तान्तरण गरेका हुन् ।




