सुविधा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय भवन शुभारम्भ भएको छ ।
संस्थाले सम्पूर्ण कार्यालय प्रयोजनका लागि सिमलचौर भवन निर्माण गरेको हो । सो कार्यक्रयको शुभारम्भ भूमि व्यवस्था सहकारी मन्त्रालयका सहकारी रजिष्टार बद्रीनाथ अधिकारीले गरे ।
उक्त अवसरमा उनले प्रदेश सरकारले सहकारी ऐन नियम पूर्ण लागु भैसकेकोले अब सहकारी संस्थाहरुले उत्पादनमुखी हुनुपर्ने, परिणामखी सहकारी बन्न सक्नु पर्ने बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकार्यको भावनाले सहकारी मैत्री भावना अनुसार सहकारी संस्थाहरु लाग्नुपर्ने बताए ।
२०५७ मा स्थापना भएको सहकारीले ऋण लगानी १४ करोड, बचत तर्फ १४ करोड र शेयर पुजी ४ करोड रहेको र अबका दिनमा स्थानीयलाई शेयर बृद्धि गरी अगाडी बढ्ने योजना रहेको संस्थापक अध्यक्ष गणेश बहादुर अधिकारीले बताए ।
संस्थाका अध्यक्ष रुद्रनाथ बरालको सभापतित्वमा भएको कार्यक्रममा घामपानी कृषि सहकारीका अध्यक्ष विरेन्द्र नारायण विजुक्छे, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सन्तोष रेग्मी, उपाध्यक्ष अशोक क्षेष्ठ, सचिव राजु पौडेल, व्यवस्थापक शुसिल विजुक्छे लगायतले बोलेका थिए ।




