सुनको मूल्य शुक्रबार (भदौ २०) पनि घटेको छ । सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेर ७२ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




