सुनको मूल्य तोलाको ७२ हजार

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ । 

शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो । 

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।