भारतमा आर्थिक मन्दी ! नेपालमा असर पर्छ ?

अहिले भारतीय मुद्रा घट्दो क्रममा रहेको छ । भारतको स्थानीय बजारमा मुद्रामा आएको कमीले विदेशी लगानीकर्ताले स्थानीय इक्विटीबाट नगद झिकिरहेका छन् । यसले भारतीय व्यापारयुद्ध गर्माउने देखिएको छ ।

भारुले यो वर्ष जति पनि वृद्धि हासिल गरेको थियो त्यो यही एक महिना (अगस्ट) भित्र नै गुमेको छ । यो महिना भारु ६ वर्ष यताकै सबैभन्दा खराब मासिक ह्रास सामना गर्ने मार्गमा छ, हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारुको हालसम्मको सबलताको अन्त्य भएको देखिएको छ । केही विज्ञले भारुको समस्या झनै बढ्ने चेतावनी दिएका छन् । यसले आर्थिक मन्दी आउने देखिन्छ ।

 तर भारतको आर्थिक मन्दी भारत एक्लैले मात्र सामान गर्नुपर्ने होइन त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने विज्ञहरु औँल्याउँछन् ।

नेपाल सबैभन्दा बढी परनिर्भर भारतसँगै छ । हाल भन्सारबाट आउने र खुला सिमानाबाट आउने सामानहरु गरी ८० प्रतिशत  आयात हुने गरेको भनिएको छ । यसकारण पनि भारतको महँगी नेपालले पनि बेहोर्नुपर्छ ।