लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकालसहितको समूह निर्विरोध भएको छ । संघको १२ औं अधिवेशनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा अध्यक्ष सहित पदाधिकारी र सदस्यमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि ढकालसहितको समूह निर्विरोध भएको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी राजु र कोषाध्यक्षमा जानुका अधिकारीको मात्रै उम्मेदवारी परेको हो । महिला सदस्यमा दिलकुमारी दाहाल र इन्दिरा रोका, एशोसियट सदस्यमा विक्रम कर्माचार्य एवं संस्थागत सदस्यमा सुदेव गुरुङ्ग पनि निर्विरोध भए ।
कार्यसमितिको खुल्ला आठ जना सदस्यमा भरतराज ओझा, भिमबहादुर सार्की, बुद्धिप्रसाद बास्तोला, धिरज कुमार श्रेष्ठ, मेनका श्रेष्ठ, राधाकृष्ण अधिकारी र रामजी पौडेल र शैलेन्द्र मोहन भट्टराईको मात्रै उम्मेदवारी परेपछि उनिहरु पनि निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचन उपसमितिका संयोजक अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार आवश्यक संख्याभन्दा कमका लागि उम्मेदवारी फिर्ता हुने छैन । खुल्ला सदस्य पदमा धेरै जनाले आकांक्षा देखाएपनि ढकाल समूह बलियो गरी प्रस्तुत भएपछि उनिहरु पछि हटेको बताइएको छ ।
अध्यक्षका प्रत्यासी ढकालले स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनका लागि गुड फ्राइडे, विभिन्न उत्पादनको बिक्रीस्थल बन्ने गरी च्याम्बर भेलेजको स्थापना लगायतका अवधारणा अघि सारेका छन् ।




