अर्थ, वाणिज्य

चेम्बर अफ कमर्स टोली कोरियातिर

पोखरा र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली दक्षिण कोरियाको भ्रमणका लागि शनिबार प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरियाको निमन्त्रणामा कन्फ्रेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट एन्ड प्रोसियोरमेन्ट २०१९ मा भाग लिन टोली कोरिया गएको हो । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार नेतृत्वको प्रतिनिधि मण्डलमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठ, कास्कीका कार्य समिति सदस्यहरु विनोद भुजेल र राजु भुवाई, अन्तर्राष्ट्रिय विभाग… पुरा पढौ

माछापुच्छ्रे बैंकले माग्यो यस्ता कर्मचारी

माछापुच्छ्रे बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।   यी दुई पदमा परी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन सक्नेछन् ।  पुरा पढौ

कलम सहकारीका सदस्यहरू भ्रमण सकेर फर्किए

पोखरा महानगरपालिका वडा नं.९, पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गराएको छ । भ्रमण टोली पोखरा फिर्ता भैसकेका छन् । सहकारीले ५ दिनसम्म पोखरादेखि धुलिखेल, बनेपा, खुर्काेट, खोटाङको हलेसी महादेवस्थान, रामेछापको मन्थली बजार, जिरी, कालिञ्चोककी काली माता, दोलखा चरिकोटस्थित भिमेश्वर मन्दिरको दर्शन गराएको थियो । यसैगरी नेपालका प्रमुख नदीहरूमध्ये दूधकोशी, तामाकोशी र सुनकोशीको र अन्य धेरै रमणीय स्थानको पनि… पुरा पढौ

कति पुग्यो सुनचाँदीको भाउ ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सुनको मूल्य : धेरै बढ्छ, थोरै घट्छ

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा बुधबार प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६ सय कायम भएको छ । मंगलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य तोलामा रु ७ सय वृद्धि भएको थियो । यसैगरी… पुरा पढौ

सीको सुरक्षामा खटिएकालाई दैनिक ३ सय भत्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।  विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो । सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो… पुरा पढौ

छैन चीनसँगको व्यापार घाटा कम गर्ने एजेन्डा

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा  चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन । ‘सामूहिक रुपमा परराष्ट्र मन्त्रालयले कुरा राख्छ । कनेक्टिभिटीको कुरा उठ्छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले भने, ‘तर, यकिन जानकारी छैन ।’ चीनसँग व्यापारघाटा वर्षेनि बढ्दै गएको छ… पुरा पढौ

सी स्वागतका लागि सजावटमा मात्रै २० करोड खर्च

छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।  अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न… पुरा पढौ

सार्वजनिक बिदामा पनि बैंक खुला राख्न निर्देशन

राष्ट्र बैंकले असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ । शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क,  ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सुचना जारी गरेको हो । बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला  हुने छन् । पुरा पढौ

माछापुच्छ्रे बैंकको साधारणसभा : १६ प्रतिशत लाभांश वितरण गरिने

माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं