पोखरा र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली दक्षिण कोरियाको भ्रमणका लागि शनिबार प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरियाको निमन्त्रणामा कन्फ्रेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट एन्ड प्रोसियोरमेन्ट २०१९ मा भाग लिन टोली कोरिया गएको हो ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार नेतृत्वको प्रतिनिधि मण्डलमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठ, कास्कीका कार्य समिति सदस्यहरु विनोद भुजेल र राजु भुवाई, अन्तर्राष्ट्रिय विभाग प्रमुख रविबहादुर विक, सदस्यहरु भोलानाथ ओझा, हरिप्रसाद अधिकारी, गणेश सापकोटा, विकासप्रसाद कँंडेल लगायत छन् ।
भ्रमण टोलीलाई पोखरा चेम्बर अफ कमर्स कास्कीका कार्यवाहक अध्यक्ष यमनाथ पौडेल, महासचिव उमराज बास्तोला, कोषाध्यक्ष कमल बस्नेतले औपचारिक कार्यक्रम गरी बिदाइ गरे ।
राष्ट्र संघीय एजेन्सी युएनओपीएसको समन्वय र कोरिया सरकारको सहयोगमा हुने सेमिनार अक्टोबर २१ देखि २३ गतेसम्म कोरियाको गाइओन्गीस्थित सुओन कन्भेन्स सेन्टर हुने चेम्बरका अन्तर्राष्ट्रिय विभागका प्रमुख रविबहादुर विकले जानकारी दिए । उनले दिगो विकास लक्ष्यलाई हासिल गर्ने बारेको सेमिनारमा सूचना प्रविधिको प्रयोग, शिक्षा स्वास्थ्य कृषि उद्यमशीलताको बारेमा छलफल हुने जानकारी दिए ।




