सुनको मूल्य : धेरै बढ्छ, थोरै घट्छ

निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा बुधबार प्रतितोलामा रु १०० कम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६ सय कायम भएको छ ।

मंगलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो ।

सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य तोलामा रु ७ सय वृद्धि भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४ सयमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८ सय ५० मा खरीद बिक्री भइरहेको छ ।