अर्थ, वाणिज्य

अब अविवाहित महिलाले पनि भत्ता पाउने, कति पाउँछन् ?

अब ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता पाउन भएका छन् ।  जिल्लाको दिपायल सिलगढी नगरपालिकाले विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको ह।  आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए ।  नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता… पुरा पढौ

नेपाल टेलिकमले इन्टरनेटको महसुल घटायो

नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु चार हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु दुई हजार ५०० मात्र कायम गरिएको कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।… पुरा पढौ

आज कति छ सुनचाँदीको मूल्य ?

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ ।  यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  पुरा पढौ

बाह्र अर्ब लगानी भित्र्याउन काम शुरु गरिसक्यौं : पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट १२ अर्ब रूपैयाँ लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए । रिपोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले भने, ‘हामीले नेपाल सरकारसँग १२ अर्ब रूपैयाँ भित्र्याउने भनेर एमओयु पनि गरिसकेका छौं, यो प्रतिबद्धता पूरा गर्नका लागि काम शुरु गरिसकेका छौँ ।’ उक्त… पुरा पढौ

दियालो कृषि सहकारीको साधारणसभा

पोखरा–२५ हेमजास्थित दियालो कृषि सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गरे । ‘जुन उद्देश्यका साथ कृषि सहकारी संस्था स्थापना गरिएको थियो त्यो उद्देश्य अनुरुप नै संस्था अगाडि बढेको छ’, उनले भने, ‘अझै कृषिमा लगानी बढाउँदै शेयर सदस्यहरुलाई रोजगारीको सृजना गर्दै कास्की जिल्लामा नमुना कृषि सहकारीको रुपमा चिनाउनु पर्दछ ।’ सल्लाहकार… पुरा पढौ

इन्द्रेणी सहकारीको १२ औं साधारणसभा

पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार आयोजना गर्यो । पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त अवसरमा वडाध्यक्ष अधिकारीले नेपालको आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीलाई बलियो बनाएर सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा संस्थाका अध्यक्ष सागर अधिकारीले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष धर्मराज बरालले आर्थिक प्रतिबेदन… पुरा पढौ

हितैषी सहकारीको स्थापना दिवस

पोखरा १६ अर्मलामा रहेको हितैषी वचत तथा ऋण सहकारी संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ । संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद लामिछानेले जानकारी दिए । उनीहरुलाई पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पोशाक वितरण गरेका थिए । वडाध्यक्ष आचार्यले सहकारीले आर्थिक क्रियाकलापमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्तवपूर्ण भूमिका खेलेको बताए ।… पुरा पढौ

चेम्बर अफ कमर्स टोली कोरियातिर

पोखरा र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली दक्षिण कोरियाको भ्रमणका लागि शनिबार प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरियाको निमन्त्रणामा कन्फ्रेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट एन्ड प्रोसियोरमेन्ट २०१९ मा भाग लिन टोली कोरिया गएको हो । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार नेतृत्वको प्रतिनिधि मण्डलमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठ, कास्कीका कार्य समिति सदस्यहरु विनोद भुजेल र राजु भुवाई, अन्तर्राष्ट्रिय विभाग… पुरा पढौ

माछापुच्छ्रे बैंकले माग्यो यस्ता कर्मचारी

माछापुच्छ्रे बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।   यी दुई पदमा परी ११५ जना कर्मचारी माग गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १३ भित्र आवेदन दिन सक्नेछन् ।  पुरा पढौ

कलम सहकारीका सदस्यहरू भ्रमण सकेर फर्किए

पोखरा महानगरपालिका वडा नं.९, पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गराएको छ । भ्रमण टोली पोखरा फिर्ता भैसकेका छन् । सहकारीले ५ दिनसम्म पोखरादेखि धुलिखेल, बनेपा, खुर्काेट, खोटाङको हलेसी महादेवस्थान, रामेछापको मन्थली बजार, जिरी, कालिञ्चोककी काली माता, दोलखा चरिकोटस्थित भिमेश्वर मन्दिरको दर्शन गराएको थियो । यसैगरी नेपालका प्रमुख नदीहरूमध्ये दूधकोशी, तामाकोशी र सुनकोशीको र अन्य धेरै रमणीय स्थानको पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं