ह्वात्तै बढ्यो सुनको मूल्य

तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो २ दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला रु ६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु ६ सयले बढेर रु ७१ हजार पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४ सयमा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६ सयले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७ सय पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८ सय ६० मा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ ।