कति पुग्यो सुनचाँदीको भाउ ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।