कलम सहकारीका सदस्यहरू भ्रमण सकेर फर्किए

पोखरा महानगरपालिका वडा नं.९, पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको भ्रमण गराएको छ । भ्रमण टोली पोखरा फिर्ता भैसकेका छन् ।

सहकारीले ५ दिनसम्म पोखरादेखि धुलिखेल, बनेपा, खुर्काेट, खोटाङको हलेसी महादेवस्थान, रामेछापको मन्थली बजार, जिरी, कालिञ्चोककी काली माता, दोलखा चरिकोटस्थित भिमेश्वर मन्दिरको दर्शन गराएको थियो ।

यसैगरी नेपालका प्रमुख नदीहरूमध्ये दूधकोशी, तामाकोशी र सुनकोशीको र अन्य धेरै रमणीय स्थानको पनि दृश्यावलोकन गराएको थियो ।

भ्रमण अन्यन्त फलदायी रहेकोसहकारीका सचिव मनोहरि सापकोटाले बताए । भ्रमणमा ४७ जना शेयर सदस्य सहभागी भएको उनले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष अर्जुन पोखरेलको संयोजनमा भएको भ्रमणमा दोलखाको चरिकोटको मिलिजुली सहकारीमा अवलोकन गरेको कलम सहकारीका ब्यवस्थापक सन्तोष लामिछानेले बताए ।