पोखरा १६ अर्मलामा रहेको हितैषी वचत तथा ऋण सहकारी संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसर पारेर १४ जना विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।
उनीहरुलाई पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पोशाक वितरण गरेका थिए । वडाध्यक्ष आचार्यले सहकारीले आर्थिक क्रियाकलापमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्तवपूर्ण भूमिका खेलेको बताए ।
सहकारीका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुनका कोषाध्यक्ष केशवप्रसाद पोखरेल, सहकारीका उपाध्यक्ष सुवेदार वुद्घिवहादुर गुरुङ, सचिव विष्णुप्रसाद लामिछाने लगायतले सहकारीले गरेको कार्यको प्रशंसा गरेका थिए ।
सोही अवसरमा सहकारीले नेपालीका महत्वपूर्ण चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ ।




