इन्द्रेणी सहकारीको १२ औं साधारणसभा

पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार आयोजना गर्यो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त अवसरमा वडाध्यक्ष अधिकारीले नेपालको आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीलाई बलियो बनाएर सञ्चालन गर्न आग्रह गरे ।

Image may contain: 4 people, people standing

कार्यक्रममा संस्थाका अध्यक्ष सागर अधिकारीले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष धर्मराज बरालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थापक लेखा समितिका संयोजक ज्ञाज शर्मा, सदस्य गीता कुमारी रेग्मी र राधिका कार्की, संस्थापक ऋण उपसमितिका संयोजक गोपाल बराल र सदस्यहरु पदमबहादुर थापा, झपिन्द्रराज रेग्मी, रविलाल शर्मा र श्रीराम पोखरेल, घर जग्गा खरिद उपसमितिका संयोजक गोपाल बराल, सदस्यहरु लक्ष्मण बास्तोला, लेखनाथ वराल, दिपक प्रसाद सुवेदी र रंगिला आचार्यलाई सम्मान गरिएको थियो ।

सो अवसरमा संस्थाका शेयर सदस्यका ७५ बर्ष माथिका भुवकला उपाध्याय, वल्ली पौडेल, वालिका खत्री, चेतकुमारी कोइराला, आत्मकुमारी वराल, चन्द्री अधिकारी, दिर्घलाल पौडेल, धनमाया जैसी, भक्तबहादुर थापा, कृष्ण कुमारी थापा, तिलक प्रसाद सुवेदी, हिराबहादुर ढुंगाना, लिलादेवि उपाध्याय, टिकाराम लम्साल र सीमावती लम्साललाई पनि सम्मान गरिएको थियो ।

यसैगरी स्नातकोत्तर तर्फ मिलन पौडेल, स्नातक तर्फ पूजा पराजुली र प्रदिप पौडेल र ं २ तर्फ शिल्पा सुवेदीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कास्की वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भेषराज बराल, छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, डेभिजफल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन अधिकारी, संस्थाका सल्लाहकार तथा घर जग्गा खरिद समितिका संयोजक गोपाल वराल, शेयर सदस्य रंगीला आचार्य लगायतले बोलेका थिए ।

सहकारीको हाल ७ करोड ५६ लाख ९३ हजार ९ सय शेयर पुंँजी, २३ करोड भन्दा बढी निक्षेप संकलन, २३ करोड भन्दा बढि नै ऋण लगानी, स्थिर सम्पत्ति ४ करोड ७१ लाख भन्दा बढि र खुद नाफा ५६ लाख ११ हजार रहेको सचिव डिल्लिराम शर्माले बताए ।

Image may contain: 4 people, including Tirtha Raj Adhikari, people smiling, people standing

सहकारीले हालै डेभिज फलमा १ रोपनी ५ आना क्षेत्रफल रहेको जग्गामा बहुउद्देश्यीय ब्यापारिक भवन बनाउनका लागि शिलान्यास गरिसकेको छ ।

संस्थामा अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बिन्दु कार्की, सहकारीका सात सिद्धान्त वाचन सहसचिव मेघनाथ पौडेलले र संचालन डिल्लीराम शर्माले गरेका थिए ।