अर्थ, वाणिज्य

मंसिर १ बाट बेलुनबाट पोखरा सयर

हट एयर बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदै छ । उडान शनिबार बिहानबाट सुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले बताए । ‘भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान सुरु हुनेछ, हामीसँग २ वटा बेलुन छन् । पहिलो चरणमा हामी… पुरा पढौ

माथिल्लो अरुण निर्माण प्रक्रिया शुरु

सङ्खुवासभामा आयोजना स्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले आयोजनाको कूल २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना सार्वजनिक गरेको छ। इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्नेछन्। कोशी राजमार्गको विराटनगर–किमाथाङ्का सडकअन्तर्गत गोला र बरुण बजारबीचमा पर्ने छङ्ग्रानबाट आयोजनाको बाँधस्थल चेपुवा नजिकसम्मको पहुँच सडक निर्माण र दुई वटा पक्की पुल निर्माण गर्नुपर्ने… पुरा पढौ

सफलता महिला सहकारीमा दुर्गा

सफलता महिला कृषि सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष निर्वाचित भएकी छन् । अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिवमा प्रमिला बराल, सहसचिवमा तारा ढकाल, कोषाध्यक्षमा अञ्जु पण्डित, सदस्यमा तारा अधिकारी, लक्ष्मी बराल, विन्देश्वरी बराल, दुर्गा बास्तोला र शोभा देवकोटा छन् । ऋण समिति संयोजकमा महाकाली बराल, सदस्यमा कमला बराल घिमिरे र वर्षा लामिछाने र लेखा समिति संयोजकमा सृजना बराल, सदस्यमा… पुरा पढौ

सफल एक्स्पोको तयारी धमाधम

सफल एक्स्पो पोखरा तथा तेस्रो मोबाइल मेला २०७५ को तयारी भइरहेको छ । एक्स्पो पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप हो । एक्स्पोका लागि गठित विभिन्न उपसमितिले आफ्ना जिम्मेवारी अनुरुपका तयारी गरिरहेका छन् । उत्पादक र उपभोक्तालाई एउटै स्थालमा भेला गराएर आर्थिक समृद्धि गर्न मेला आयोजना गरिएको हो । मेला मंसिर १३ देखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ । एक्स्पोको टाइटल… पुरा पढौ

गलकोटमा प्याराग्लाइडिङ सफल

गलकोट नगरपालिकाका ३ स्थानमा गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । गलकोट ७ मल्म, राम्चेढुङ्गा ५ हरिचौरको सर्दाखेत तथा ४ नरेठाँटीको सेतीघडेरीमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको हो । गलकोट महोत्सवको अवसर पारेर प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । चालक दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा सफलतापूर्वक उडान भरेका थिए । प्याराग्लाइडिङमा चालक खड्काको १० वर्ष र कुँवरको ६ वर्षे अनुभव छ । उडानअघि धावनमार्ग र अवतरणस्थलको सम्भाव्यता… पुरा पढौ

काहुँडाँडामा मंसिर २८ बाट महोत्सव

पोखरा वडा नं. ११ काहुँमा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । मंसिर २८ देखि पुस ८ गतेसम्म धरहरा परिसरमा महोत्सव गर्न लागिएको हो । महोत्सवमा जनकल्याण युवा क्लब मुख्य आयोजक र फूलबारी क्लब सहआयोजक छन् । महोत्सवका लागि जनकल्याण क्लबका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । पर्यटन र विकास प्रवद्र्र्धनका लागि हुन लागेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,… पुरा पढौ

बंगुर पालेर मालामाल

स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा ७ वर्ष बिताएका विकले ४ वर्षअघि केबिएसबी ब)गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ,’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको छु ।’ विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी… पुरा पढौ

इलेक्ट्रिक स्कुटर पोखरामा

उकालो होस् कि ओरालो मज्जाले तानोस्, हेर्दा गज्जबको लुक्स होस्, मूल्य पनि धेरै नपरोस् । दैनिक खर्च भइरहने पेट्रोल पनि हाल्नु नपरोस् । यस्तो स्मार्ट सवारीको खोजीमा हुनुहुन्छ ? यस्तो सवारी तपाईको रोजाइ हो भने तपाईको छनौट सहरमा आइपुगेको छ । माछापुच्छ«े अटोमोबाइल्स सिमलचौर पोखराले यस्तै विशेषता भएका विभिन्न मोडेलका स्कुटर बिक्री सुरु गरेको छ । रिमोर्टबाट पांग्रा लक गर्न मिल्ने, ब्याक गियरसमेत भएका यस्ता स्कुटर राजधानीपछि पोखरामा भिœयाइएको हो… पुरा पढौ

बूढीगण्डकी डुबान क्षेत्रवरपर चक्रपथ

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए । आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो… पुरा पढौ

सांग्रिलाको वार्षिकोत्सवमा रक्तदान

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाहरुमा रक्तदान आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय, कलस्टर कार्यालयहरू, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालय, नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, सञ्चालक, सयरधनी र कर्मचारीको सहभागितामा रक्तदान आयोजना गरिएको हो । केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौंमा ४५ प्वाइन्ट, कलस्टर कार्यालय पोखरामा १ सय ४२ प्वाइन्ट, नेपालगञ्जमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं