इलेक्ट्रिक स्कुटर पोखरामा

- गाडीको जस्तो ह्विललक, ब्याक गियर, एक पटक पूरा चार्ज गरेपछि ९० देखि १ सय २० किलोमिटर गुड्ने

उकालो होस् कि ओरालो मज्जाले तानोस्, हेर्दा गज्जबको लुक्स होस्, मूल्य पनि धेरै नपरोस् । दैनिक खर्च भइरहने पेट्रोल पनि हाल्नु नपरोस् । यस्तो स्मार्ट सवारीको खोजीमा हुनुहुन्छ ?

यस्तो सवारी तपाईको रोजाइ हो भने तपाईको छनौट सहरमा आइपुगेको छ । माछापुच्छ«े अटोमोबाइल्स सिमलचौर पोखराले यस्तै विशेषता भएका विभिन्न मोडेलका स्कुटर बिक्री सुरु गरेको छ । रिमोर्टबाट पांग्रा लक गर्न मिल्ने, ब्याक गियरसमेत भएका यस्ता स्कुटर राजधानीपछि पोखरामा भिœयाइएको हो ।

अरु स्कुटरभन्दा कम मूल्य पर्ने, पेट्रोल नलाग्ने, लुक्स अरु भन्दा राम्रो, पिकअप राम्रो, गाडीको जस्तो ह्विललक, ब्याक गियर भएका अत्याधुनिक स्कुटर ल्याएका छौं । स्कुटर टेस्ट राइड गरी, बुझेर, हेरेर युग अनुसारको साधन रोज्नुहोस् ।

भरत भट्ट,    सञ्चालक, माछापुच्छ«े अटोमोबाइल्स

सो रुमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले शुभारम्भ गरे । विद्युतीय स्कुटर सञ्चालन प्रदेश सरकारको कार्यक्रम अन्तर्गत नै बताए । उनले वातावरण जोगाउन र आर्थिक बचतका दृष्टिले पनि विद्युतीय सवारी नेपालको आवश्यकता भएको बताए ।

मन्त्री चुमानले गण्डकी प्रदेशले यो आर्थिक वर्षभित्रै लगानी सम्मेलन गरी प्रदेशको समृद्धिका लागि पुँजी जुटाउन लागेको बताए । नेपाली युवा अब स्वदेश फर्केर यही उद्यम गर्न सक्ने वातावरण बन्दै गएको उनको भनाइ छ । उनले भने, ‘अब देशमै रोजगारका अवसर र उद्यम गर्ने वातावरण बन्दै छ । ’

चीनको द बेल्ट एन्ड रोड कम्पनीले उत्पादन गरेका यी विद्युतीय स्कुटरका ८ मोडेल पोखरामा उपलब्ध छन् । यी स्कुटरको मूल्य मोडेल अनुसार १ लाख ३५ हजारदेखि १ लाख ५५ हजारसम्म छ । सो रुम शुभारम्भको अवसरमा १० हजारसम्म क्यास डिस्काउन्ट दिइने सो रुम सञ्चालक भरत भट्टले बताए । चाडै नेपालमै यसको फिटिङ गर्ने तयारीमा कम्पनी छ । भट्ट भन्छन्, ‘त्यसो भए मूल्य अझै घट्छ ।’

यी स्कुटरमा ६ वटा ब्याट्री लाग्छन् । एक पटक पूरा चार्ज गरेपछि ९० देखि १ सय २० किलोमिटर गुड्ने उनले बताए । ब्याट्रीमा ६ महिना ग्यारेन्टी र १ वर्ष वारेन्टी छ । स्कुटरका पार्टस् र मर्मत केन्द्रको समेत व्यवस्थापन भइसकेको उनले जानकारी दिए ।

रचनात्मक र फरक काम गर्ने सोचले सोरुम सञ्चालन गरेको उनले बताए । भट्टले भने, ‘अरु स्कुटरभन्दा कम मूल्य पर्ने, पेट्रोल नलाग्ने, लुक्स अरु भन्दा राम्रो, पिकअप राम्रो, गाडीको जस्तो ह्विललक, ब्याक गियर भएका अत्याधुनिक स्कुटर ल्याएका छौं । स्कुटर टेस्ट राइड गरी, बुझेर, हेरेर युग अनुसारको साधन रोज्नुहोस् ।’