अर्थ, वाणिज्य

मुस्ताङका उत्कृष्ट ५ उद्यमीलाई सम्मान गरिने

घरेलु तथा साना उद्योग बिकास समिति मुस्ताङले जिल्लाका उत्कृष्ट ५ उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने भएको छ ।उद्योग दिवस २०७५ को अवसरमा आउदो १५ गते शनिवार थासाङको लेतेमा हुने बृहत घुम्ती शिविरमा उद्यमीलाई सम्मान गरिने जनाईएको छ । जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको बसेको बैठकले उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले उत्कृष्ट ५ उद्यमी छनौटका लागि समिति गठन गरेको छ ।… पुरा पढौ

यातायात सवारीको राजस्व संकलन ८६ करोड

यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ । यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा… पुरा पढौ

कास्कीकोट सहकारी ८ वर्षमा

कास्कीकोट बचत तथा ऋण सहकारीको सातौं साधारणसभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । पोखरा २४ का वडा सदस्य सोमनाथ भट्टराईले सहकारी वडावासीलाई सहयोगी भएको बताए । अर्का वडा सदस्य मिना नेपालीले सामाजिक कार्यमा समेत सहाकारीले चासो दिएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सल्लाहकार टेकप्रसाद अधिकारी र… पुरा पढौ

रानीमहल सिंगार्दै प्रदेश ५

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए… पुरा पढौ

आमा समूहको सक्रियतामा सामुदायिक भवन

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका ८ सिगाना सायकोटस्थित सिर्जनशील आमा समूहको सक्रियतामा रकम संकलन गरी सामुदायिक भवन निर्माण गरिएको आमा समूहले बताएको छ । समुदायिक गतिविधि गर्न तथा आमा समूहद्वारा सञ्चालित भाँडाकुडालगायतका सामग्री राख्नको लागि सामुदायिक भवन निर्माण गरिएको हो । ‘‘हामीलाई सामुदायका हरेक क्रियाकलाप गर्दा खुला आकाशमुनि गर्नुपर्ने थियो,’ आमा समूहकी अध्यक्ष डिलकुमारी कार्कीले भनिन्, ‘व्यक्ति तथा संघ, संस्थाको सहयोगबाट भवन… पुरा पढौ

बिएमडब्लु बाइक पोखरामा

बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी बिएमडब्लुका बाइक पोखरामा भित्रिएका छन् । बिएमडब्लुको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटर आर्डले बाइक पोखरामा भित्र्याएको हो । गिुणस्तरीय रेसिङ र एड्भन्चर्सको लागि विश्व प्रख्यात ब्रान्डलाई पोखरामा भित्र्याउन आफूहरु सफल भएको मोटरआर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक चरणमा २ मोडलका मोटरसाइकल पोखरामा भित्रिएका छन् । दुई मोडलहरु बिएमडब्लुजी ३१० आर र जी ३१० जिएस मोटरसाइकल पोखरामा उपलब्ध भएका हुन् ।… पुरा पढौ

काठमाडौँ विश्वका घुम्नै पर्ने सहरमध्ये पाचौँ स्थानमा

ट्राभल साइट’ लोन्ली प्लानेटले विश्वका घुम्नैपर्ने शहरको सूचिमा नेपालको काठमाडौँलाई पाँचौ स्थानमा राखेको छ । सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला लोन्ली प्लानेटले काठमाडौँलाई घुम्नै पर्ने सहरको उत्कृष्ट दशमध्ये पाचौँ स्थानमा राखेको हो । लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोवि साड, चौथोमा अमेरिकाको मिआमी र पाचौँमा नेपालको राजधानी काठमाडौँलाई राखेको छ । त्यसपछि क्रमशस् मेक्सीकोको मेक्सीको सिटी, सेनेगलको… पुरा पढौ

नेपालबाट फेसबुकले लान्छ वार्षिक १३ अर्ब

फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवद्र्धनका नाममा सामाजिक सञ्जाले ठूलो परिणाममा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक क्षेत्रबाट प्रयोगकतर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो । यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी… पुरा पढौ

मुस्ताङको कागबेनीमा गण्डकी बिकासको शाखा बिस्तार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनीमा गण्डकी बिकास बैकको शाखा बिस्तार भएको छ ।यसअधि फेवा फाईनान्सले परिचित बैक १५ महिना अघि विश्व बिकास बैंक र गण्डकी बिकास बैक संग संयूक्त मर्च भएपछि कागबेनीमा पहिलो शाखा बिस्तार गरिएको हो ।फेवा फाईनान्सले ९ वर्षअघि जोमसोममा शाखा बिस्तार गरेको थियो । बिहिबार बैंकको कागबेनी शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैकका कार्यकारणी निर्दैशक भुवन कडेलले नेपाल राष्ट्र बैकले शहरमुखी भन्दा गाउँमुखी सेवालाई मान्यता दिएको बताए… पुरा पढौ

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

 धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं