बिएमडब्लु बाइक पोखरामा

बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी बिएमडब्लुका बाइक पोखरामा भित्रिएका छन् । बिएमडब्लुको यस क्षेत्रको जिम्मेवारी आधिकारिक बिक्रेता जोन्छे ग्रुप अन्तर्गतको जोन्छे मोटर आर्डले बाइक पोखरामा भित्र्याएको हो ।

गिुणस्तरीय रेसिङ र एड्भन्चर्सको लागि विश्व प्रख्यात ब्रान्डलाई पोखरामा भित्र्याउन आफूहरु सफल भएको मोटरआर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक चरणमा २ मोडलका मोटरसाइकल पोखरामा भित्रिएका छन् । दुई मोडलहरु बिएमडब्लुजी ३१० आर र जी ३१० जिएस मोटरसाइकल पोखरामा उपलब्ध भएका हुन् ।

यसको सोरुम तथा सर्भिस सेन्टरसमेत पोखराकै नयाँबजारमा निर्माण सुरु भइसकेको छ । ‘ ९ लाख ५० हजार रुपैयाँबाट मूल्य सुरु हुने यी मोटरसाइकलका मोडल सिटी र एड्भेन्चर्स दुबैका लागि उपयुक्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मोटरसाइकलको बुकिङ खुला भइसकेको सेल्स इन्चार्ज सुनिल रिमालले जानकारी दिए । तत्कालका लागि १ लाख रुपैयाँ बुझाएर मोटरसाइकल किन्न चाहनेले बुकिङ गर्न सक्ने उनले बताए ।