गरिमाले दियो कालिका स्कुललाई ट्याङ्की

गरिमा विकास बैंक लिमिटेडको तल्लो गगनगौंडा शाखाले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ ।

५ सय लिटर क्षमताको ट्याङ्की हस्तान्तरणले विद्यालयलाई खानेपानीको लागि सहज हुने विश्वाससमेत लिइएको छ ।

बिकास बैंकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुवित्त विभाग प्रमुख नवीन प्याकुरेल, तल्लो गगनगांैडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीको उपस्थितिमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ र प्रधानाध्यापक बिष्णुबहादुर बस्नेतलाई ट्यांकी हस्तान्तरण गरिएको थियो ।

बैकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीले स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि बैकले पानी टंकी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

विद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त पानी टंकी सहयोग गरिएको बैकका तल्लो गगनगौडा शाखा प्रमुख केशबहादुर गुरुङले बताए । प्रधानाध्यापक बिष्णुबहादुर बस्नेतले विद्यालयको समस्या तथा सम्भावनाबारे जानकारी गराउँदै पानी टंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको बताए ।