अर्थ, वाणिज्य

पुम्दीकोटमा महादेवको मूर्ति स्थापना हुँदै

 धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति… पुरा पढौ

माघ दोस्रो साता वालिङ महोत्सव

सातौं वालिङ महोत्सव आगामी माघ १७ देखि २८ गतेसम्म वालिङ खेल मैदानमा हुने भएको छ । ‘ हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव, हाम्रो पहिचान ’ भन्ने नाराका साथ वालिङ उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक २ वर्षमा महोत्सव गर्ने गरिएको छ । प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि एवं औधोगिक व्यापारिक मेला २०७५ मा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइक १०० किमी पहाडी साइकल यात्रा प्रतियोगितासमेत हुने संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी… पुरा पढौ

वडा ११ को भवनको शिलान्यास

पोखरा महानगरपालिका वडा नम्बर ११ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गरेका हुन् । साविक काहूँ गाविस र फूलबारीको सिमानामा रहेको ठाउँमा भवन निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख मानबहादुर जिसीले जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको बताउँदै भवनको रेखदेख वडाबासी सबैले गर्नुपर्ने बताए । ‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,‘ जनताको करबाट… पुरा पढौ

पोखरा वडा १५ नयाँ भवनमा

पोखरा १५ को नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । वडाले बनाएको एउटा हलसहित ४ कोठे भवन महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । जिसीले संविधानले वडालाई धेरै नै अधिकार दिएकाले वडावासीको सहजताका लागि भवन महत्वपूर्ण हुने बताए । स्मार्ट भवन जस्तै जनताको काम पनि स्मार्ट तवरले गर्न उनले आग्रह गरे । वडा नं १५ ले सञ्चालन गरेको सिसी टिभी जडान अभियान निकै प्रभावकारी भएको बताए । सो अभियानमा महानगर… पुरा पढौ

जग्गाको करमा ८० प्रतिशत छुट

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर लगाउँदै आएको छ । त्यसलाई… पुरा पढौ

पोखराका योजना व्यवस्थित गर्न सफ्टवेयर

पोखरा महानगरपालिकाले योजना सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरको मंगलबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफ्नै एकाउन्ट बनाएर सफ्टवेयर सुरुआत गरे । जिसीले सरोकारवालालाई कामप्रति जिम्मेवार बनाउन सफ्टवेयर निर्माण गरिएको बताए । सिस्टमको विकास गरेर योजनाका कामलाई पारदर्शी र व्यवस्थित बनाउन यसले सहयोग पु¥याउने उनको भनाइ छ । पहिलो चरणमा पूर्वाधार विकास कार्यक्रममा समावेश गरिएको योजनालाई सफ्टवेयरमा राखिने र क्रमशः अन्य विषयका कार्यक्रमलाई समेटिने ‘सफ्टवेयर… पुरा पढौ

अब केबलकार चढेर पञ्चासे

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे जान ३/४ वटा बाटा छन् । पोखरा नजिकै रहेको पञ्चासेको सौन्दर्यमा रम्न चाहनेका लागि चाडै नयाँ मार्ग थपिँदै छ । पञ्चासे केबलकार परियोजनाले १० अर्ब खर्चेर केबलकारसहितका संरचना बनाउन लागेको हो । ६ वर्षभित्र केबलकारबाट धार्मिक एवं पर्यटकीय महत्वको पञ्चासे पुग्न सकिने परियोजना अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ माघबाट निर्माण सुरु गरी २०८२ सम्ममा केबलकार चलाउने परियोजनाको तयारी छ । घाँटीछिनाबाट केबलकार चढेर… पुरा पढौ

मेगा सहकारीमा नयाँ कार्यसमिति

पोखरा न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले धु्रवराज चालिसेको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा, सचिव केशव काफ्ले, कोषाध्यक्ष सबी श्रेष्ठ, सदस्यमा रामेश्वर अधिकारी, दिलीपकुमार श्रेष्ठ र विजय बजगाईं छन् । लेखा समिति संयोजकमा नेत्रनारायण पौडेल, सदस्यद्धयमा सुजन प्रधान र तारानाथ पहारीलाई चयन गरेको छ । कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले उत्पादनमुखी… पुरा पढौ

जग्गा करारमा लिएर खेती गरौं

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न करार खेतीको आवश्यकता महसुस गरिएको छ । कुल ग्राहस्थ उत्पादनमा करिब ३९ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई व्यावसायिक तथा यान्त्रिकरण गर्नका लागि करार खेतीलाई कानुनी रूप दिन आवश्यक देखिएको हो । भूमिको स्वामित्वलाई प्रतिनिधित्व गर्ने समूह र खेतीयोग्य भूमि तथा कृषि उत्पादन गर्ने वर्गका बीचमा गरिने सम्झौतालाई नै करार खेती भनिन्छ । विभिन्न कृषिजन्य वस्तु उत्पादनका लागि सम्बन्धित पक्षबीच मूल्य, उत्पादन गर्नुपर्ने मात्रा, समयावधि, गुणस्तरलगायत… पुरा पढौ

भण्डारढिकमा आदर्श महोत्सव सुरु

लेखनाथको भण्डारढिकमा शुक्रबारबाट प्रथम आदर्श महोत्सवको सुरु भएको छ । महोत्सवमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले युवा नै देश विकासका मुख्य धरोहर भएको भन्दै उद्यमशील र कर्मठ बन्न आग्रह गरे। उनले देश समृद्धिको बाटोतर्फ अघि बढिरहेकाले हिम्मतका साथ अघि बढ्ने युवालाई सरकारले बलबुताले सहयोग गर्ने बताए । देशलाई धनी बनाउन यहाँका जमीनसहित युवाको सीप क्षमता र दक्षताको भरपुर उपयोग हुनुपर्ने आवश्यकता औंल्याए । पुस ९ गतेसम्म भण्डारढिक खेल मैदानमा सञ्चालन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं