अर्थ, वाणिज्य

पोखरा–घलेगाउँ सिधा जिप सेवा

पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जिप सेवा सुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जिप सेवा सञ्चालनमा ल्याएको हो । जिप सेवाको मंगलबार सोलासत्तर गाउँपालिका अध्यक्ष प्रेम घलले शुभारम्भ गरे । घलेले जिप सेवाले ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म पुग्ने पर्यटकको संख्यामा वृद्धि हुनेमा विश्वास व्यक्त गरे । पोखरा र घलेगाउँ जाने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी जिप सञ्चालनमा ल्याइएको समितिका महासचिव… पुरा पढौ

सफल एक्स्पोको तयारी पूरा

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ को तयारी पूरा भएको छ । मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पो आयोजना गरिएको हो । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्सपो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने छन् । एक्सपोको तयारीका सबै काम सकिएको मंगलबार… पुरा पढौ

ठगी गर्ने १२ पेट्रोल पम्पलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । कारवाही गरिएका पेट्रोलपम्पलाई नगद ३० हजार, ३ वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरिएको छ । विभागले पछिल्लो १ महिनामा सफ्टवयर प्रविधिको प्रयोग गरी २ देखि ५ प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही गरिएका पेट्रोलपम्पलाई नगद ३० हजार, ३ वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरिएको छ ।… पुरा पढौ

जस्मिन थाइचाइमा थाइ र चिनिया खानाको स्वाद

पोखरामा एउटै रेस्टुरेन्टमा बसेर थाइल्यान्ड र चाइनाको खानाको स्वाद लिन पाइने भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र राजु भट्टराईले ३ करोड लागतमा लेकसाइडको बाराही चोकमा जस्मिन थाइ चाइ रेस्टुरेन्ट सुुरु गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय पर्यटकीय सहर बन्दै गएकालेयहाँ आउने पर्यटकलाई फरक स्वाद पस्किन रेस्टुरेन्ट सुरु गरिएको सञ्चालक गणेशबहादुरले बताए ।थाइल्यान्ड र चाइनाको खाना एकै ठाउँमा पाइने भएकाले पनि पोखरामा यो रेस्टुरेन्ट… पुरा पढौ

टानमा ३ मजदूर संगठनको तालाबन्दी

तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका ३ मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा सोमबार पर्यटन श्रमिक सङ्घ र अखिल नेपाल पर्यटन मजदूर सङ्घले संयुक्तरूपमा तालाबन्दी गरेका हुन् । गत साउनमा तलब भत्ता, बीमा, चाडपर्व भत्तालगायत विषयमा पर्यटन मजदूरले टानसमक्ष ७ सूत्रीय माग राखेका थिए । आफ्ना मागको सुनुवाइतर्र्फ टान कार्यसमिति एवम् पदाधिकारी उदासीन भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको युनिट्राभका अध्यक्ष… पुरा पढौ

गरिमाले दियो कालिका स्कुललाई ट्याङ्की

गरिमा विकास बैंक लिमिटेडको तल्लो गगनगौंडा शाखाले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित कालिका आधारभूत बिद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि खानेपानी ट्याङकी हस्तान्तरण गरेको छ । ५ सय लिटर क्षमताको ट्याङ्की हस्तान्तरणले विद्यालयलाई खानेपानीको लागि सहज हुने विश्वाससमेत लिइएको छ । बिकास बैंकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुवित्त विभाग प्रमुख नवीन प्याकुरेल, तल्लो गगनगांैडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीको उपस्थितिमा बिद्यालय व्यवस्थापन समितिका… पुरा पढौ

मुस्ताङका उत्कृष्ट ५ उद्यमीलाई सम्मान गरिने

घरेलु तथा साना उद्योग बिकास समिति मुस्ताङले जिल्लाका उत्कृष्ट ५ उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने भएको छ ।उद्योग दिवस २०७५ को अवसरमा आउदो १५ गते शनिवार थासाङको लेतेमा हुने बृहत घुम्ती शिविरमा उद्यमीलाई सम्मान गरिने जनाईएको छ । जिल्ला समन्वय समितिकी प्रमूख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको बसेको बैठकले उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको हो ।बैठकले उत्कृष्ट ५ उद्यमी छनौटका लागि समिति गठन गरेको छ ।… पुरा पढौ

यातायात सवारीको राजस्व संकलन ८६ करोड

यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ । यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा… पुरा पढौ

कास्कीकोट सहकारी ८ वर्षमा

कास्कीकोट बचत तथा ऋण सहकारीको सातौं साधारणसभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले संविधान कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन् । पोखरा २४ का वडा सदस्य सोमनाथ भट्टराईले सहकारी वडावासीलाई सहयोगी भएको बताए । अर्का वडा सदस्य मिना नेपालीले सामाजिक कार्यमा समेत सहाकारीले चासो दिएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सल्लाहकार टेकप्रसाद अधिकारी र… पुरा पढौ

रानीमहल सिंगार्दै प्रदेश ५

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं